बिएल संवाददाता
दाङका चलचित्रकर्मीहरुद्धारा स्थानिय रुपमै निर्मित चलचित्र, “इहिरी” र “द रिचुअल” को काठमाडौं थापाथलीमा भोलिदेखि एक सातासम्म विशेष प्रदर्शन हुँदैछ।
रोल्पाका मगर समुदायको मौलिक परिवेशमा आधारित यी चलचित्र दाङका चलचित्रकर्मी विशाल रोका मगरले निर्देशन गरेका हुन्।
हालसम्म काठमाडौंमा निर्मित चलचित्रहरुले मात्र मुलधार प्रदर्शनी पाउने अवस्था हुँदा पनि, लामो समयदेखि नेपालका विभिन्न स्थानहरुमा त्यहिका विषयवस्तु र स्थानिय भाषा, समाजलाई प्राथमिकता बनाई चलचित्र निर्माण हुदै आएका छन्। यी चलचित्रहरु नयाँ दर्शक र अवसरको पर्खाइमा छन्।
प्रदर्शनी हुन लागेको “द रिचुअल” यसअघि भक्तपुर फिल्म फेस्टिबल र काठमाडौं हरर फिल्म फेस्टिबलमा पनि छनौट भएको थियो। द रिचुअल समाजमा सहरी तिव्रताबीच दोधारमा परेको स्थानीय रितिथितीको विषयमा केन्द्रीत छ यसमा मगर समुदायको झाँक्री परम्परालाई स्तम्भ मानि कथावस्तु बनाइएको छ।
अर्को चलचित्र इहिरि पहिलोपटक प्रदर्शन हुन लागेको हो। रोल्पाको उपल्लो क्षेत्रमा छायाङ्कन भएको झन्डै १० वर्षको प्रयासबाट निर्माण सम्पन्न भइ प्रदर्शन हुन लागेको हो। रोल्पाका खाम मगर समुदायको जीवनशैलीलाई कथानक विषय स्वरुप यसमा देखाइएको छ।
निर्देशक मगर यस अघि बनाएको ‘लाहुरेनी/ The Gurkha Girl’ डकुमेन्ट्रीबाट चर्चामा आएका थिए। सो चलचित्रले २०२१ को फिल्म साउथ एशियामा ‘Best Debutante filmmaker Award’ प्राप्त गरेको थियो।
‘Cinema’s of Dang’ नामाकरण गरि प्रदर्शन हुन लागेका यी चलचित्र थापाथलीस्थित ऐरावत पिक्चर हाउस मा प्रदर्शन हुनेछन्। पिक्चर हाउस डक्स्कुलद्वारा स्थानीय चलचित्र र युवा चलचित्रकर्मीलाई प्रवर्द्धन गर्ने हेतुका साथ जनवरी महिनाबाट सञ्चालनमा ल्याइएको छ।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया