बिएल संवाददाता
बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले सम्बन्धविच्छेदको मुद्दा फिर्ता लिएकी छन्।
बुधबार सुनीता आफ्ना छोरा यशवर्धन आहुजासँग मुम्बईको पारिवारिक अदालतमा देखिएकी थिइन्।
मिडिया कुराकानीमा गोविन्दाका म्यानेजर शशि रञ्जनले सुनीताले गोविन्दाविरुद्ध दायर गरेको सम्बन्धविच्छेदको निवेदन फिर्ता लिएको जानकारी दिए।
सुनिताले करिब दुई वर्षअघि दायर गरेको सम्बन्धविच्छेदको मुद्दा फिर्ता लिएपछि गोविन्दा र अभिनेत्री कोमल रानी स्वर्णकारबीच विवाहको योजना रहेको दाबी गरेकी छन्।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार सुनिताले अभिनेत्री राखी सावन्तसँग फोन कुराकानी गर्दै आफूले सम्बन्धविच्छेदको मुद्दा फिर्ता लिनुको कारण खुलाएकी हुन्।
सुनिताले आफूले सम्बन्धविच्छेदको निवेदन फिर्ता लिनुको कारण गोविन्दा र कोमल विवाह गर्ने योजनामा रहेको बताइन्। उनले कोमलसँग गोविन्दालाई सँगै देख्दा आफूलाई निकै दुःख लागेको पनि बताएकी छन्।
केही दिनअघि गोविन्दा र कोमललाई विमानस्थलमा सँगै देखिएपछि उनीहरूको सम्बन्धबारे चर्चा चुलिएको थियो। त्यसपछि सुनिताले गोविन्दालाई कोमलको ‘सुगर ड्याडी’ भन्दै टिप्पणी गरेकी थिइन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया