बिएल संवाददाता
यस वर्षको तीजलाई लक्षित गर्दै बहुचर्चित गायक सुरेश शाहीको स्वरमा नेपाली महिलाका दैनिक भोगाइदेखि पारिवारिक सम्बन्ध र देशको बेरोजगारीसम्मका विषयलाई गीतमा रमाइलो ढंगले उठाएर सार्वजनिक गरिएको छ।
गायक शाहीको युट्ब च्यानलबाट आइतबार सार्वजनिक सो गीतमा नवोदित गायिका विनूशा राईको स्वर रहेको छ। सो गीतको रचना व्यवसायी सुमित्रा खड्काले गरेकी हुन। म्युजिक भिडियोमा गायक सुरेश शाही, सुमित्रा खड्का, सुदिपा पाठक र विक्की विश्वकर्मा मोडलिङ गरेका छन्। म्युजिक भिडियोको निर्देशन शेर शाहीले गरेका छन्।
गीतमा महिलाले बढ्दो सुनको मूल्यप्रति श्रीमानसँग गुनासो गर्छिन्। ‘सुनको भाउ बढेर छोइसक्नु भएन’ भन्दै उनले तीजमा गरगहना लगाउने चाहना पूरा गर्न नसकेको पीडा व्यक्त गरेकी छन्। त्यसको जवाफमा श्रीमानले पनि आर्थिक अवस्थाप्रति आफ्नो बाध्यता सुनाउँछन्।
गीतको अर्को अन्तरा भने सासू–बुहारी सम्बन्धमा केन्द्रित छ। सासूले दूध नदिएको, बुहारीले घाँस नकाटेकोदेखि घरभित्रको सामान्य भनाभनसम्मलाई गीतले हास्यरसमा प्रस्तुत गरेको छ। अन्ततः ‘सासू–बुहारी नमिलेको घर कहाँ छ ?’ भन्ने भावमार्फत सम्बन्धमा समझदारी आवश्यक रहेको सन्देश दिन खोजिएको छ।
त्यस्तै, नन्दले लगाउने कुरा र सासूको व्यवहारदेखि श्रीमान्–श्रीमतीबीचको गुनासो पनि गीतमा समेटिएको छ। एउटै कुरा पटक–पटक भन्ने श्रीमान्को बानीदेखि आफूले बोलेका कुरा श्रीमतीले नसुन्नेसम्मका प्रसंगलाई रमाइलो संवादका रूपमा प्रस्तुत गरिएको छ।
गीतको अन्तिम भाग भने अझै समसामयिक छ। जेठाजु युरोप र देवर अमेरिका पुगे पनि आफ्ना श्रीमान् भने आफ्नै देशमा बेरोजगार रहेको महिलाको गुनासो छ। विदेशमा रहेकाले सम्मान पाउने तर घरभित्रै आफन्तबाट अपहेलित हुनुपर्ने अवस्थालाई पुरुष पात्रले पीडाका रूपमा व्यक्त गरेका छन्।
तीजको रमझमसँगै महँगी, पारिवारिक सम्बन्ध, बेरोजगारी, वैदेशिक रोजगारी र दाम्पत्य जीवनका साना–ठूला गुनासालाई गीतले एउटै कथामा बुनेको छ। त्यसैले यो गीत केवल नाचगानका लागि मात्रै नभई नेपाली समाजको बदलिँदो पारिवारिक र आर्थिक अवस्थाको रमाइलो ऐना बन्ने देखिन्छ।
गीत लेखेकी व्यवसायी सुमित्रा खड्का यो तीजमा आफूहरुको गीतमा महिलाहरुले नाचेर, गाएर भरपुर मनोरञ्जन लिने विश्वास गर्छिन।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया