बिएल संवाददाता
हलिउडका प्रसिद्ध अभिनेता रयान ओ’निलको निधन भएकाे छ। उनकाे शुक्रबार (८ डिसेम्बर)मा अमेरिकाकाे लस एञ्जलसस्थित आफ्नै निवासमा निधन भएको उनका पुत्र पेट्रिक ओ’निलले पुष्टि गरेका छन्।
२० अप्रिल १९४१ मा लस एञ्जलसमा जन्मेका अभिनेता ओ’निल अभिनयमा प्रवेश गर्नुअघि गैरव्यवसायीक खेलाडी थिए।
उनले अभिनय गरेका केही चर्चित सिनेमाहरुमा लब स्टोरी (१९७०), बेरी लिण्डन (१९७५), द ड्राइभर (१९७०), अ ब्रिज टु फार (१९७८) आदि हुन्।
सन् २००१ मा ल्युकेमिया र सन् २०१२ मा प्रोस्टेट क्यान्सरजस्तो गम्भीर रोग लागेर अस्वस्थ भएका अभिनेता ओ’नीलको निधनबाट एउटा युगको समाप्त भएको उनकी प्रथम पत्नी तथा अभिनेत्री लि टेलर योङ्गले रोयटर्सलाई बताएकी छन्।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया