बिएल संवाददाता
हलिउडका प्रसिद्ध अभिनेता रयान ओ’निलको निधन भएकाे छ। उनकाे शुक्रबार (८ डिसेम्बर)मा अमेरिकाकाे लस एञ्जलसस्थित आफ्नै निवासमा निधन भएको उनका पुत्र पेट्रिक ओ’निलले पुष्टि गरेका छन्।
२० अप्रिल १९४१ मा लस एञ्जलसमा जन्मेका अभिनेता ओ’निल अभिनयमा प्रवेश गर्नुअघि गैरव्यवसायीक खेलाडी थिए।
उनले अभिनय गरेका केही चर्चित सिनेमाहरुमा लब स्टोरी (१९७०), बेरी लिण्डन (१९७५), द ड्राइभर (१९७०), अ ब्रिज टु फार (१९७८) आदि हुन्।
सन् २००१ मा ल्युकेमिया र सन् २०१२ मा प्रोस्टेट क्यान्सरजस्तो गम्भीर रोग लागेर अस्वस्थ भएका अभिनेता ओ’नीलको निधनबाट एउटा युगको समाप्त भएको उनकी प्रथम पत्नी तथा अभिनेत्री लि टेलर योङ्गले रोयटर्सलाई बताएकी छन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया