बिएल संवाददाता
बलिउड अभिनेत्री अनन्या पाण्डे र अभिनेता आदित्य रोय कपुरको ब्रेकअप भएको छ। भारतीय मिडियाहरुले दुवैको ब्रेक भएको रिपोर्ट सार्वजनिक गरेकाे छन्। उनीहरू २ वर्षदेखि सम्बन्धमा थिए।
अनन्या पाण्डे र आदित्य कपुरका एक नजिकका साथीले मिडियासँग कुरा गर्दै यी जोडीको ब्रेकअपको खबर पुष्टि गरेका छन्।
यस वर्षको अप्रिल महिनामा अनन्या पाण्डेले पनि एक क्रिप्टिक पोस्ट सेयर गरेकी थिइन्, जसका कारण उनीहरुको ब्रेकअपको हल्लाले तिब्रता लिएको थियो। त्यतिबेला अनन्याले पोस्टमा लेखेकी थिइन्, ‘यदि ऊ तिम्रो हो भने अवश्य फर्किनेछ। यो सबै तिमीलाई पाठ सिकाउनको लागि हो। तिमीले स्वीकार गर्दैनौ र उसलाई बिदा गर, यदि ऊ तिम्रो हो भने फर्केर आउनेछ। यदि तपाईं विश्वास गर्नुहुन्छ भने यो वास्तवमा तपाईंको हो। किनभने यो तपाईंको लागि बनाइएको थियो, तर यो तपाईंको भाग कहिल्यै छैन। यो तिम्रो आत्मासँग कहिल्यै जोडिएको थिएन।'
अनन्याको यो पोष्ट आदित्य लक्षित रहेको र दुवैको सम्बन्ध बिग्रिएपछि उनले यो पोष्ट गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ। सार्वजनिकरुपमा भने दुवैले आफ्नो सम्बन्धबारे अहिलेसम्म चर्चा गरेका छैनन्।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया