बिएल संवाददाता
लोकगायक विष्णु खत्री र गायिका सुनिता बुढा क्षेत्रीले स्वर दिएको पञ्चेबाजा गीत ‘बागलुङ कालिकामा’ सार्वजनिक भएको छ। ‘विष्णु खत्री’ युट्युब च्यानलमार्फत् आइतबार सार्वजनिक गीतले अहिलेसम्म २५ हजार भन्दा बढी ‘भ्यूज’ बटुलेको छ। सुमधर क्रियशनले उत्पादन गरेको सो गीतमा शब्द र संगीत पनि खत्रीकै रहेको छ।
आशिष अविरलको संगीत संयोजन रहेको सो गीतको म्युजिक भिडियोमा कलाकार तुलवीर थापा ‘समर्पण’ र यशु भट्टराईको अभियन रहेको छ। कथा र भिडियो निर्देशन विनम्र खत्रीले गरेका छन्। गीतमा बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर, गुल्मीको मालिकालगायत पश्चिम नेपालका धार्मिकस्थलको प्रसंग जोडिएको छ। भिडियोमा पनि ती ठाउँका दृश्य कैद गरिएको गायक खत्रीले बताए।
उनका यसअघि ‘जाउँला ढोरपाटन’, ‘मलाई हतार भइसक्यो’, ‘धवलागिरिको’लगायत पञ्चेबाजा गीत सार्वजनिक भएका थिए। लोकगायक खत्रीका पञ्चेबाजा गीतबाहेक ‘भरिया दाइ’, ‘कि लास चाहियो कि लास चाहियो’, ‘जम्मु काश्मिरमा’लगायत गीत पनि चर्चित छन्। सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालको उपाध्यक्षसमेत रहेका उनी दुई दशकदेखि गीत सिर्जना र गायनमा सक्रिय छन्।
भिडियाे :
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया