बिएल संवाददाता
अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘सिटामोल’ जापानका लागि ओभरसिज राइट्स बिक्री भएको छ।
गरिमा फिल्म्सले यो फिल्मको जापान प्रदर्शन अधिकार किनेको हो। फिल्मलाई नेपाल र जापानमा एकैदिन रिलिज गर्ने सहमतिअनुसार प्रदर्शन अधिकार बिक्री गरिएको जनाइएको छ।
लेखक तथा निर्देशक राजबहादुर सानेले जापानमा प्रदर्शन अधिकार बिक्री भएको र अन्य देशबाट पनि फिल्म रिलिजका लागि प्रस्ताव आएको बताएका छन्।
फिल्मको प्रदर्शन मिति भने केही दिनमा घोषणा गरिने उनको भनाई छ। फिल्मको अझै केही प्रतिशत छायांकन बाँकी छ, जुन काठमाडौँमा खिच्ने तयारी गरिएको छ। माओवादी-सशस्त्र युद्धको समयको कथामा बनेको फिल्ममा सौगातले जनयुद्धको घाइतेको भूमिका निभाएका छन्।
तुलसी देवी फिल्मको प्रस्तुति रहेको फिल्ममा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला आदिको पनि अभिनय रहेको छ। बाबुल गिरीको संगीत रहेको फिल्ममा दिव्य सुवेदीको छायाँकन छ।
भुगोल कुमार कार्की निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया