बिएल संवाददाता
बलिउडका राेमान्स किंग अर्थात शाहरुख खानलाई मन नपराउनेको सायदै हाेलान्। उनीसँग फिल्म खेल्नका लागि मरिहत्त गर्छन् अभिनेत्रीहरू। तर खानले कसलाई रूचाउँछन् त?
आफ्नो फिल्मी करियरमा शाहरुख खानले काजोल, रानी मुखर्जी, प्रीति जिन्टा, दीपिका पादुकोण, अनुष्का शर्मा जस्ता नायिकाहरूसँग धेरै काम गरेका छन्। काजोलसँग उनको जोडी बलिउडकै नम्बर एक जोडी मानिन्छ।
तर खानकाे मनपर्ने अभिनेत्री काे हुन् त? यसबारेमा खान आफैंले एक अन्तर्वार्तामा खुलासा गरेका छन्।
अनुपम खेरले शाहरुख खानलाई आफ्नो मनपर्ने अभिनेत्री को हो भन्ने प्रश्न सोधेका थिए। यो प्रश्नमा शाहरुख खानले दिएको जवाफले सबैजनालाई चकित पार्याे।
शाहरुख खानले आफ्नो फिल्मी करियरमा जति हिरोइनसँग काम गरेका छन्, तीमध्ये कोही पनि उनको मनपर्ने अभिनेत्री होइनन्। चाहे त्यो काजोल होस् वा दीपिका पादुकोण।
६० र सत्तरीको दशकमा फिल्म उद्योगमा उदाएकी नायिका शाहरुख खानको मनपर्ने अभिनेत्री हुन्। उनकाे मनपर्ने अभिनेत्री मुमताज हुन्।
जसको सौन्दर्य आज पनि मन पराउँछन् उनी। मुमताजको फिल्मी यात्रा सन् १९५८ मा आएको फिल्म 'सोने की चिडिया'बाट बाल कलाकारको रुपमा सुरु भएको थियो।
केही वर्षपछि उनी फिल्ममा एक्शन हिरोइनको रूपमा देखा परिन् र यही नै उनको पहिचान बन्यो। तर, उनले चलचित्र ‘दो रास्ते’ बाट वास्तविक चर्चा कमाइन्।
त्यसमा उनको भूमिका सानो थियो तर उनको पहिचान ठूलो बन्यो। त्यसपछि मुमताजले त्यस जमानाका सबै ठूला कलाकारहरूसँग काम गरेर विशेष हैसियत पनि हासिल गरिन्।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया