बिएल संवाददाता
बलिउडका राेमान्स किंग अर्थात शाहरुख खानलाई मन नपराउनेको सायदै हाेलान्। उनीसँग फिल्म खेल्नका लागि मरिहत्त गर्छन् अभिनेत्रीहरू। तर खानले कसलाई रूचाउँछन् त?
आफ्नो फिल्मी करियरमा शाहरुख खानले काजोल, रानी मुखर्जी, प्रीति जिन्टा, दीपिका पादुकोण, अनुष्का शर्मा जस्ता नायिकाहरूसँग धेरै काम गरेका छन्। काजोलसँग उनको जोडी बलिउडकै नम्बर एक जोडी मानिन्छ।
तर खानकाे मनपर्ने अभिनेत्री काे हुन् त? यसबारेमा खान आफैंले एक अन्तर्वार्तामा खुलासा गरेका छन्।
अनुपम खेरले शाहरुख खानलाई आफ्नो मनपर्ने अभिनेत्री को हो भन्ने प्रश्न सोधेका थिए। यो प्रश्नमा शाहरुख खानले दिएको जवाफले सबैजनालाई चकित पार्याे।
शाहरुख खानले आफ्नो फिल्मी करियरमा जति हिरोइनसँग काम गरेका छन्, तीमध्ये कोही पनि उनको मनपर्ने अभिनेत्री होइनन्। चाहे त्यो काजोल होस् वा दीपिका पादुकोण।
६० र सत्तरीको दशकमा फिल्म उद्योगमा उदाएकी नायिका शाहरुख खानको मनपर्ने अभिनेत्री हुन्। उनकाे मनपर्ने अभिनेत्री मुमताज हुन्।
जसको सौन्दर्य आज पनि मन पराउँछन् उनी। मुमताजको फिल्मी यात्रा सन् १९५८ मा आएको फिल्म 'सोने की चिडिया'बाट बाल कलाकारको रुपमा सुरु भएको थियो।
केही वर्षपछि उनी फिल्ममा एक्शन हिरोइनको रूपमा देखा परिन् र यही नै उनको पहिचान बन्यो। तर, उनले चलचित्र ‘दो रास्ते’ बाट वास्तविक चर्चा कमाइन्।
त्यसमा उनको भूमिका सानो थियो तर उनको पहिचान ठूलो बन्यो। त्यसपछि मुमताजले त्यस जमानाका सबै ठूला कलाकारहरूसँग काम गरेर विशेष हैसियत पनि हासिल गरिन्।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया