बिएल संवाददाता
अभिनेता तथा चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन्।
ठगी तथा आपराधिक विश्वासघातको आरोपमा उनलाई साेमबार दिउँसो बालुवाटारबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।
प्रहरीका अनुसार चलचित्र ‘रावायण’को छायांकनका लागि बालुवाटारस्थित रोयल अम्पायर होटल परिसरबाट पुगेका थापालाई छायांकनअघि नै प्रकाउ गरिएकाे हाे।
‘प्रसाद २’का निर्माता सुदर्शन बस्नेतले आफ्नाे मञ्जुरीबिना फिल्म प्रदर्शन गरेर एक कराेड बढी रुपैयाँ ठगी गरेकाे आराेपमा थापाविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडाैँमा गत साउन १० गते उजुरी दिएका थिए। उक्त उजुरीपछि अनुसन्धानकाे लागि प्रहरीले पक्राउ पुर्जीसमेत जारी गरेकाे थियाे। सुदर्शन ‘प्रसाद २’ निर्देशकसमेत हुन्।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया