
बिएल संवाददाता
अम्बानी परिवार दुनियाँभर आफ्नो ‘लगजरी लाइफस्टाल’ का लागी खुबै चर्चित छन्।
कुनै समारोह होस् या मिटिङ ‘लाइमलाट’ उनीहरुकै मात्र हुन्छ। खासगरी निता अम्बानी आफ्ना मंहगो शोखका कारण मिडियाको हेडलाइनमा छाइरहन्छिन्।
निता अम्बानी जुनसुकै समारोहमा पुग्छिन् उनी निकै सुन्दर मेकअप तथा पहिरनमा देखिन्छन्। उनको हरेक लुक्स यति सानदार हुन्छ कि पछिल्लो समय निताको मेकअप आर्टिसको पारिश्रमिकलाई लिएर चर्चा हुने गरेको छ।
उनी हुन्–मिकी कनट्रयाक्टर।
जो निताको मेकअपदेखि लिएर पहिरनको छनोट गर्छन्। मिकी कनट्रयाक्टर सेलिबे्रटीहरुका मेकअप आर्टिस हुन्। उनी निताजस्तै थुप्रैँ बलिउडका अन्य हिरोइनहरुका समेत मेकअप आर्टिस हुन्।
भारतीय सञ्चारमाध्यमको रिपोृर्ट अनुसार मिकी १ दिन काम गरेको ७५ हजारदेखि १ लाख सम्म लिने गर्दछन्। मिकीले विगत तीनदशक देखि निताको मेकअप गर्दै आईरहेका छन्। जो नितालाई प्रत्येक समारोहमा ‘नयाँ लुक्स’ दिन्छन्।
मिकीले हम आपके है कौन, दिल तो पागल है, कुछ कुछ होता है, कभी खुशी कभी गम, कल हो ना हो, मोहब्बतें, माई नेम इज खान, कार्तिक कलिङ कार्तिक, डन, वीरे दी वोइिडङ जस्ता फिल्ममा काम गरिसकेका छन्। मिकीले सन् १९७२मा काजोलको मेकअप आर्टिस्टको रूपमा काम गर्न थालेका थिए।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया