बिएल संवाददाता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका गायक राजेशपायल राई दुबई पुगेका छन्।
उनी शुक्रबार बिहान फ्लाइ दुबई एयरबाट त्यहाँ पुगेका हुन्। याक एण्ड यती एभरेष्टमा भोलि शनिबार हुने सांगीतिक कन्सर्टका लागि राईको दुबई गएका हुन्।
त्यसो त, राजेश बिहीबार नै दुबई पुग्ने कार्यतालिका थियो। तर अत्यधिक मदिरा सेवन गरेर जहाजभित्रै लफडा गरेपछि उनलाई त्रिवि विमानस्थलबाटै घर फर्काइएको थियाे।
राजेश दुबई पुगेपछि भने उनका शुभचिन्तकहरुले आयोजकलाई मदिरा नदिन अनुराेध गरेका छन्। सुकविर राईले राजेशलाई मदिराबाट टाढा राखिदिन आयोजकसमक्ष आग्रह गरेका हुन्। 'म आयोजकलाई आग्रह गर्न चाहन्छु कि त्यहाँ चाहिँ रक्सी नदिनुस् है', उनी भन्छन्, 'रक्सीले राजालाई पनि भुसिया कुकुर बनाइदिन्छ।'
अर्का शुभचिन्तक विरेन्द्र ठकुरीले भने राजेशले दुबईमा पनि मदिरा खाएर लफडा गर्नसक्ने आशंका व्यक्त गरेका छन्। उनको प्रतिक्रिया छ, 'दुबईमा झन् दारुको खानी नै छ, राई माइलाले दुबईमा झन् तहल्का मच्चाउने भो !'
स्मरण रहोस्, दुई महिनाअघि पनि राजेश अत्यधिक मदिरा सेवन गरेर अनावश्यक लफडा गरेको भन्दै आफ्नै रेष्टुरेण्टबाट पक्राउ परेका थिए। त्यतिबेला प्रहरीले उनलाई सम्झाएर छाडेको थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया