बिएल संवाददाता
भारतीय टिभी अभिनेत्री श्वेता तिवारीकी छोरी पलक तिवारी पनि निकै चर्चित छिन् र सामाजिक सञ्जालमा सक्रिय छिन्।
सलमान खान अभिनित फिल्म ‘किसी का भाइ किसी की जान’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। मात्र २२ वर्षकी पलकको फ्यान फलोइङ निकै ठूलो छ।
आफ्नी आमा श्वेतासँग उनी नजिक छिन्। धेरैजसाेले श्वेता र पलकलाई दिदीबहिनी भन्ने गर्छन्। आमासित क्लाेज भएकी उनलाई डेटिङ गर्नबाट राेक्ने गर्छिन् श्वेता।
छोरीलाई डेट नगर्न सुझाउथिन् श्वेता
पलकअनुसार उनलाई सानैदेखि डेट जानबाट राेक्ने गर्थिन् आमा श्वेता। तर उनी आमालाई छक्याउँदै डेटिङ जाने गर्थिन्।
पलकले आफू किशोरावस्थामा केटासँग डेटमा जान आमासँग झूट बोल्ने गर्थिन् तर आमाले उनलाई रंगेहात समाउने गर्थिन्।
पलकका अनुसार उनी धेरै झुठ बोल्ने गर्थिन्। तर उनको झुठ मानिसहरूले समातिहाल्थे अनि श्वेता भन्ने गर्थिन्, ‘तिमी किन झुठ बोल्छौ?’
जब उनी १५–१६ वर्षकी थिइन्। त्योबेला उनको एक जना प्रेमी थिए। उनी त्यही प्रेमीसुँग घुम्न जान्थिन्। तर उनी आमासँग भने ढाट्ने गर्थिन्।
उनी लुकामारी खेल्न जाने भनेर प्रेमीसँग घुम्न जान्थिन्। तर उनको त्यो झुठलाई आमाले श्वेताले समातिहाल्थिन्। त्यसपछि भन्थिन्, ‘म तँलाई गाउँ पठाइदिन्छु। तेरो कपाल काटिदिन्छु।’
इब्राहिम अलि खानसँग डेटिङकाे चर्चा
आफ्नाे कामसँगै व्यक्तिगतकाे कारण पनि उनी चर्चित छन्। पछिल्लाे समय उनकाे नाम बलिउड अभिनेता सैफ अलि खानका छाेरा इब्राहिमसँग जाेडिएकाे छ।
एउटै पार्टीमा भेटिने उनीहरू घुम्न जाने पनि गरिरहेका छन्। त्यसैबीच पलकले जवाफ फर्काएकी छन्। उनकाे अनुसार इब्राहिम र श्वेता विशेष दिनहरूमा मात्र भेट्ने गर्छन्।


कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया