
बिएल संवाददाता
आगामी साउन १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक गरिएको छ।
सोमबार सार्वजनिक गरिएको ‘मञ्जुरी’ बोलको गीतमा फिल्मकी अभिनेत्री वर्षा सिवाकोटी र नव-अभिनेता अमर प्रताप श्रेष्ठलाई रोमान्टिक रुपमा देखाइएको छ। गीतमा एसडी योगी र विज्ञानी पराजुलीको गायन रहेको गीतमा एसडी स्वयंको संगीत तथा राम अविरल विष्टको रचना छ।
किरण थापाको कोरियोग्राफी रहेको गीतमा उत्सव दाहालको छायांकन तथा भरत रेग्मीको सम्पादन छ।
शंकर कोइरालाको डेब्यु निर्देशनमा तयार भएको फिल्ममा वर्षा र अमरसँगै सरोज खनाल, रेजिना उप्रेती, प्रवीण खतिवडा, दीलिप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिसलगायतको पनि अभिनय छ। रेजिनाले यो फिल्मबाट झण्डै १० वर्षपछि कमब्याक गरेकी हुन्।
पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित भएर फिल्म बनेको बताइएको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया