बिएल संवाददाता
बलिउडका चर्चित कास्टिङ डायरेक्टर हुन् मुकेश छाबडा। अभिनयका लागि कलाकार खोज्नमा उनी माहिर छन्।
उनले सुनील शेट्टीकी छोरी आथिया शेट्टीलाई पनि ‘हिरो’ फिल्ममा कास्ट गरेका थिए। त्यसपछि सुनीलले मुकेशलाई आफ्नो घर नै गिफ्टमा दिएका थिए। जुन कुरा मुकेश छाबडाले एक अन्तवार्तामा बताएका थिए।
उनको अनुसार जब मुकेश सुनीलको छोरीलाई फिल्ममा कास्ट गरेका थिए तब अभिनेताले उनलाई घर दिएका थिए। ताकी मुकेशले आफ्नोे अफिस सेटअप गर्न सकून।
‘जब मैले कास्टिङ डायरेक्टरको रुपमा काम गर्न थालें, तब मुम्बईको सबैभन्दा राम्रो व्यक्तिमध्ये एक सुनील शेट्टीको अरामनगरमा १६० नामको घर थियो।
त्योबेला म उनकी छोरी अथियासँग फिल्ममा काम गरिरहेको थिएँ’, उनले भने, ‘त्यसपछि उहाँले मलाई सानो अफिसमा काम गर्न मुश्किल हुन्छ भनेर आफ्नो घर दिनुभएको थियो।’
सुनीलले उनलाई घर दिनेबेला मुकेशले घरको भाडा तिर्न नसक्ने बताएका थिए तर शेट्टीले त्यसको चिन्ता नगर्न भन्दै उनलाई ढाडस लिए।
नयाँ घरमा अफिस सेटअप गरेपछि विस्तारै उनी सफल हुँदै गए। अहिले उनको अफिस चण्डीगढ, दिल्ली र लण्डनमा छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया