बिएल संवाददाता
चर्चित बलिउड कोरियोग्राफर र फिल्म निर्देशक फराह खान र उनको भाइ साजिद खानमाथि बज्रपात परेको छ। फराहकी आमा मेनका ईरानीको शुक्रबार मुम्बईमा निधन भएको छ।
मेनका ईरानी ७९ वर्षकी थिइन्। फराह र साजिद खानकी आमा मेनका कलाकार डेन्जी ईरानी र हनी ईरानीकी बहिनी थिइन्। र, उनले चर्चिन फिल्म निर्माता कामरानसँग विवाह गरेकी थिइन्।
केही दिन मात्र थियो जन्मदिन
फराह र साजिदी आमा मेनका पछिल्लो केही लगातारदेखि बिरामी थिइन्। यो कुराले पूरै बलिउड एन्डस्ट्री शोकमा डुबेको छ।
मेनकाले करिब २ साताअघि आफ्नो ७९ औं जन्मदिन मनाएकी थिइन्। त्यसैबीच उनको निधनले फराह र साजिदलाई गहिरो चोट पुर्याएको छ।
केही समयअघि मात्रै फराहले आफ्नी आमासँग् प्यारो तस्बिर सेयर गरेकी छन्। र, उनले विशेष नोट पनि लेखेकी थिइन्।
फिल्ममा देखिसकेकी छिन् मेनका
मेनका ईरानी आफैं पनि अभिनेत्री हुन्। उनले फिल्म ‘बचपन’मा काम गरेकी थिइन्, जुन १९६३ सालमा सार्वजनिक भएको थियो। त्यो फिल्मलाई लेखक सलीम खानले लेखेका थिए।
केही समयदेखि थिइन् बिरामी
पछिल्लो केही समयदेखि उनी बिरामी थिइन्। र, उनी अस्पतालमा भर्ना भएकी थिइन्।
भलै, उनलाई के भएको थियो भनेर तथ्य बाहिरिएको छैन तर १२ जुलाईको फराहले सोसल मिडियामा आफ्नो आमालाई जन्मदिनको शुभकामना दिँदै अस्पतालमा भएको कुरा बताएकी थिइन्।
फराहले लेखेकी थिइन् भावुक ‘स्टाटस’
१२ जुलाईको फराह खानले आफ्नी आमाको साथमा दुई तस्बिर सेयर गरेकी थिइन्।
इन्स्ट्राग्राममा तस्बिर सेयर गर्दै उनले लेखेकी थिइन्, ‘हामी सबैजनाको आफ्नी आमालाई हलुकामा लिन्छौं, खासगरी म। तर मैले पछिल्लो महिना बुझें कि म मेरो मेनका आमालाई कतिधेरै प्रेम गर्छु। उनको केही दिनअघि सर्जरी भएको थियो तरपनि उनको सेन्सअफ ह्यूमर ढगमगाएन। जन्मदिनको शुभकामना आमा! म धेरै उत्साहित छु कि तपाईं कहिले बलियो बन्नुहुन्छ र मसँग लडाइँ गर्नुहुन्छ।’
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया