बिएल संवाददाता
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र अग्निदहनको पोस्टर सार्वजनिक गरेका छन्।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमा उनले साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास अग्निदहनमा आधारित रहेर मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको चलचित्रको पोस्टर सार्वजनिक गरेका हुन्।
सोही क्रममा उनले बोक्सी प्रथा संघीय लोकतान्त्रिक गणतन्त्रको लागि ठूलो चुनौतीको रुपमा रहिरहेको भन्दै राजनीतिक, आर्थिक क्रान्तिसँगै अब समाजमा सांस्कृतिक क्रान्तिको आवश्यकता पनि रहेको बताए।
मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण अभियानले सरकारले गर्नुपर्ने भन्दा पनि महत्वपूर्ण काम गरिरहेको पनि उनको भनाई छ।
उनले भने, ‘समाजको अग्रगतिका लागि सांस्कृतिक क्रान्ति जरुर हुन्छ। नेपाली समाजमा बोक्सीको आरोपमा मारिएका, मरिरहेका, दिसा खुवाइएको कुटपिट गरेको घटना अझै पनि समाजमा छ। अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेका छौं, यसका लागि त्यो ठूलो चुनौती हो।’
उनले बोक्सी प्रथासँगै हली, छोउपडी, हरुवा चरुवालगायतका प्रथाहरु अहिले पनि रहेको भन्दै यस्ता प्रकारका समाजमा रहेको कुप्रथाहरुलाई अन्य गर्न सबै सचेत वर्गहरु लाग्नुपर्ने बताए।
सामाजिक सन्देश भएका यस्ता प्रकारका चलचित्रमा सरकारको पनि सहभागिता हुन आवश्यक रहेको उनको भनाइ छ।
अग्निदहनमा कलाकारहरु प्रकाश घिमिरे, माओत्से गुरुङ, प्रमिला तुलाचन, तुलसी क्षेत्री, अनुपमा भण्डारी, ताराबहादुर गुरुङ, विष्णु बास्तोलालगायत रहेका छन्। चलचित्रको निर्देशन घनश्याम लामिछाने, सहायक निर्देशक परिच्छेद सेन र चन्द्र भण्डारीले गरेका छन्।
चलचित्रको लेखन लोकमणि पौडेलको रहेको छ। चलचित्रमा छायाङ्कन दीर्घ गुरुङ, सम्पादन दीर्घ खड्का, प्रोडक्सन डिजाइनर सगर पाण्डेको रहेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया