बिएल संवाददाता
पल शाहले पहिलोपटक दोहोरो भूमिकामा काम गरेको फिल्म ‘रावायण’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा पल शाहलाई दाह्री जुँगामा चित्रित गरिएको छ।
तीजको सार्वजनिक विदा पारेर आगामी भदौ २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन्। यसमा पलको जोडी अभिनेत्री पूजासँग बाँधिएको छ। पूजा यो फिल्मकी निर्मात्री समेत हुन्। प्रियंका कार्की, निकिता चण्डक (पूर्व मिस नेपाल), प्रमोद अग्रहरी, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल लगायतको पनि फिल्ममा अभिनय छ।
सुशन पाठक कार्यकारी निर्माता रहेको ‘रावायण’मा सौरभ लामाको छायांकन, सुदर्शन थापाको कथा, प्रदीप श्रीवास्तवको पटकथा, शिवम अधिकारीको लेखन, मिलन श्रेष्ठको सम्पादन, निरज सिंह, रेवन आरती सिंहको संगीत, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ। आरआर फिल्म्सले देशभर वितरण गर्न लागेको फिल्मको टिजर यही शुक्रबार रिलिज हुनेछ।

कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया