बिएल संवाददाता
नायिका नम्रता सापकोटा यही साउन २५ गतेबाट रिलिज हुने फिल्म ‘नम्बरी सुन’मार्फत् दर्शकमाझ आउँदैछिन्। नम्रताकाअनुसार फिल्म ‘नम्बरी सुन’मा उनी ग्रामीण सोझी युवतीको भूमिकामा छिन्।
‘म खानदानी परिवारको मुखियाकी छोरीको भूमिकामा छु। ऊ एउटा राम्रो परिवारको मुखियाकी छोरी भएर पनि साधारण छे। उसमा घमण्ड छैन। उसको प्रेम आफूभन्दा तल्लो जातको व्यक्तिसँग हुन्छ’, आफ्नो चरित्रबारे नम्रता भन्छिन्।
आफ्ना हरेक फिल्ममा फरक-फरक चरित्र निभाउन चाहने नम्रता दर्शकले आफूलाई सोही फरक चरित्रमा ‘नम्बरी सुन’मा हेर्न पाउने दाबी गर्छिन्। ‘आफ्नो प्रेम प्राप्तिका लागि मेरो पात्र लड्छे। आफूले माया गरेको प्रेमीका लागि कुन हदसम्म जानसक्छे भन्ने किसिमको चरित्रमा देखिन्छु’, उनी भन्छिन्।
उनी अगाडि भन्छिन्, ‘मैले अहिलेसम्म सोझो, बदमास, चुलबुले चरित्र निभाएँ। तर ‘नम्बरी सुन’मा शुद्ध इन्टेन्स लभ देखिन्छ। मैले यो फिल्ममा धेरै बोल्नु पनि परेको छैन। मेरो एक्सप्रेसिभ क्यारेक्टर छ। भाव नै प्रकट गरेको छु जस्तो लाग्छ।’
उनी दर्शकले आफ्नो लागि भन्दा पनि कथाका लागि ‘नम्बरी सुन’ हेर्नुपर्ने धारणा राख्छिन्। ‘मेरो लागि मात्र फिल्म हेर्नुपर्छ भन्ने छैन। जुन कुरामा म विश्वास गर्दिनँ। दर्शकसँग समय छ र हलमा गएर आनन्दले फिल्म हेर्न चाहनुहुन्छ भने ती दर्शकका लागि ‘नम्बरी सुन’ एउटा राम्रो फिल्म बनेको छ’, नम्रता भन्छिन्, ‘यसमा विशुद्ध नेपाली अग्र्यानिक कथा छ। गाडी पनि नपुगेको गाउँमा गएर हामीले एक महिना सुटिङ गरेका छौं। त्यो बेलाको यस्तो पनि हुँदो रहेछ भन्ने कुरा थाहा पाउन यो फिल्म हेर्नुपर्छ।’
नम्रता फिल्मका ‘प्रेमी’ गौरव पहाडीको कामबाट प्रभावित रहिछन्। ‘गौरव काममा एकदमै गम्भीर छ। फिल्मका लागि ऊ एकदमै क्यारेक्टरमा बस्नुपर्ने थियो। म चाहिँ क्यारेक्टरमा बस्नु परेन। मैले गौरव, विनोद न्यौपानेबाट धेरै कुरा सिकें’, उनी भन्छिन्।
नम्रता ‘नम्बरी सुन’बाट आशावादी सुनिइन्। ‘म हरेक फिल्मबाट आशावादी हुन्छु। किनभने फिल्म भनेको कथा मनपरेर काम गर्ने हो। सँगै म आफ्नो क्यारेक्टरलाई मेहनत गरेको हुन्छु। अहिलेसम्म मैले जति फिल्ममा काम गरें, आफ्नो क्यारेक्टर मनपरेर नै गरेकी हुँ। त्यसकारण पनि ‘नम्बरी सुन’को क्यारेक्टरबाट आशावादी छु’, उनले भनिन्।
नम्रतालाई ‘डार्क’ किसिमको फिल्ममा काम गर्ने इच्छा रहेछ। ‘मलाई अलिकति डार्क टाइपको फिल्म गर्ने इच्छा छ। मलाई डेप्थ किसिमको प्रेमकथामा काम गर्न मन छ। सुटिङ गरेर घर जाँदा मलाई आफैंलाई पुगेकै हुँदैन। भोकाइरहेको बेलामा थोरैमात्र खानेकुरमा पायो भने कस्तो खुशी भइन्छ नि त्यस्तै खालको सन्तुष्ट हुने काम गर्ने इच्छा छ’, उनी भन्छिन्, ‘कतिवटा काम गरें। अझै गर्न बाँकी छ। तर मलाई त्यस्तो खालको काम आइदिए हुन्थ्यो, जहाँ चाहिँ म एकदमै डेप्थमा बसेर काम गर्न पाउँ।’
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया