बिएल संवाददाता
बढ्दो अराजकताले तीज गीतहरूको आलोचना बढिरहेको बेला एउटा गीतले भने व्यापक प्रशंसा पाइरहेको छ।
गीत हो, गोविन्द अनेकको ‘बरिलै बरिलै’। गीतमा प्रयोग भएका वेदना र संवेदननाका शब्दहरूले यतिबेला प्रशंसा बटुलेको हो।
शान्तिश्री परियार, सुनिता बुढा क्षेत्री र समीक्षा अधिकारीले स्वर दिएको गीतमा महिलाहरूको बाध्यता, व्यथा र संघर्षलाई बिम्बात्मक रुपमा प्रस्तुत गरिएको छ।
गीतको पंक्तिले भनेको छ–
हे मेरी आमा, हे मेरा बाबा
पलायो होला भदौरे गाभा
आमाको हातको मिठो दर खान
अहिले नी पाइन माइती घर जान
बरिलै बरिलै यस्तै रैछ छोरीलाई
बरिलै बरिलै दुख सधैँभरीलाई
रोशनी कार्की, जुना गुरुङ र सरिता ढुंगाना फिचर्ड भएको भिडियो पनि मार्मिक बनेको छ। सुनिल विकले निकै कलात्मक ढंगले निर्देशन गरेका छन्।
महिलाहरुको अपरिभाषित नियतीलाई गीतमार्फत अभिव्यक्त गर्न खोजेको सर्जक गोविन्दले जानकारी दिएका छन्।
शब्द र भिडियोको प्रंशसा भएसँगै यतिबेला गीत युटुबको ट्रेण्डिङ आएको छ। यद्यपि, गीतको आयु भ्यूजबाट भन्दा पनि शब्दबाटै तय हुने भएकाले सकभर सरल शब्दमा महिलाको आवाज बोल्ने प्रयास गरेको गोविन्दको तर्क छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया