बिएल संवाददाता
बलिउडका अभिनेता सन्जय कपूरकी छोरी शनाया कपूरले फिल्म ‘गुन्जन’ सक्सेनाः द कारगिल गर्ल’मा सहायक निर्देशकको भूमिकामा देखिएकी थिइन्।
फिल्ममा उनी असिस्टेण्ट डायरेक्टर थिइन् भने उनी दिदी जान्ह्रवी कपूर मुख्य भूमिकामा थिइन्।
शनाया कपूरले नेटफ्लिक्सको फिल्म द फ्याबुलस लाइभ्स अफ बलिउड पत्नीमा क्यामियो गरेकी थिइन्। अभिनेत्रीले सन् २०१९ मा ले बाल इन पेरिसमा पनि काम गरिसकेकी छन्।
शनाया कपूरको जन्म ३ नोभेम्बर १९९९ मा भएको थियो। उनले बलिउडमा कदम राखेसँगै उनका परिवार पनि निकै खुसी छन्।
शनाया कपूर अभिनेत्री जान्हवी, खुसी कपूर, अर्जुन कपूर, सोनम कपूरकी बहिनी हुन्। शनाया बलिउड सेलिब्रेटी किड्स सुहाना खान र अनन्या पाण्डेकी नजिककी साथी पनि हुन्।
अनन्या पाण्डे, सुहाना खान र शनायाका ग्लैमरस तस्विरहरू सामाजिक सञ्जालमा प्राय भाइरल हुन्छन्।
शनाया कपूर अब फिल्म निर्माता करण जोहरको फिल्म बेधडकबाट बलिउडमा आफ्नो करियर सुरु गर्न लागेकी छिन्।
हालै करण जोहरले आफ्नो सामाजिक सञ्जालमा फिल्मको पोस्टर सेयर गरेका छन्।
बलिउडमा कदम राख्नअघि नै उनी सोशल मिडियामा छाइसकेकी छन्। उनको इन्स्ट्राग्राममा एघार लाखभन्दा धेरै फलोअर्स छन्।

कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया