बिएल संवाददाता
निर्देशक दीपेन्द्र के खनालको आगामी फिल्म ‘घर नम्बर २’ को मुख्य अभिनेत्रीमा केकी अधिकारी र उपासनासिंह अनुबन्धित भएका छन्।
यस फिल्ममा यसअघि फिल्ममा खगेन्द्र लामिछाने, आर्यन सिग्देल र निश्चल बस्नेत मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्। फिल्ममा केकी र उपासना कसको अपोजिटमा हुनेछन् भन्ने स्पष्ट भएको छैन।
यही साउन २५ गतेदेखि छायांकन सुरु हुन लागेको फिल्म उपन्यासकार बुद्धिसागरले लेखिरहेका छन्। पहिलोपटक उनको लेखनमा फिल्म बन्न लागेको हो। फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माता तथा युवराज कार्की कार्यकारी निर्मातामा छन्।
फिल्मलाई सामाजिक कथावस्तुमा निर्माण गरिने जनाइएको छ। यो फिल्म २०७९ सालमा आएको ‘के घर के डेरा’को सिक्वेल हो
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया