बिएल संवाददाता
रियालिट शाे 'बिग बोस–१७' को घरमा हात हालेर झगडा गर्ने सदस्यहरूलाई शाेबाट निकाल्ने नियम छ। हालै सन्नी आर्याले अभिषेक कुमारलाई धक्का दिएको कारण बिग बोसले बाहिरकाे बाटो देखाएका थिए। अब फेरि एक पटक अभिषेकका कारण बिग बोसको घरमा दुई प्रतियोगीले धक्कामुक्की गरेका थिए।
'उडारियन' का अभिनेता अभिषेक कुमार बिग बोस–१७ को घरमा प्रतियोगीको रुपमा सामेल भएका छन्। शाेमा अभिषेकले एउटा रणनीति बनाएका छन्। उनी शाेका सबैभन्दा रिसाह सदस्य हुन्।
यसअघि सन्नी आर्या अर्थात तहलका भाइले पनि अभिषेककाे व्यवहारका कारण धकेलेर शोबाट बाहिरिएका थिए। अब बिग बोस स्टार कपल विक्की जैन र अंकिता लोखंडे पनि अभिषेकको फन्दामा परेका छन्।
खासमा अभिषेक कुमार पूर्व प्रेमिका ईशा मालवीयका प्रेमी समर्थ जुरेलसँग भिडिरहेका थिए। र त्यहीबेला अभिषेकले विक्कीलाई निशाना बनाए अनि उनीहरूबीच झगडा सुरू भयाे।
विक्कीलाई भड्काउन अभिषेकले उनलाई पटक–पटक 'चालीस वर्षको मानिस' भनेका थिए। जब अभिषेकले देखे कि उनको शब्दले विक्की जैनलाई कुनै असर गर्दैन, तब अभिषेकले विक्की र अंकितालाई झगडामा तान्ने प्रयास गरे।
अभिषेकले अंकिताका लागि 'पागल', तिमीजस्ताे महिला जस्ता धेरै शब्दप्रयोग गरेका थिए, जुन सुनेपछि अंकिता–विक्की अभिषेकसँग रिसाएका थिए। अभिषेकसँग दुवैको ठूलो झगडा भएको थियो र अभिषेक यो झगडामा अल्झिए।
तर अभिषेकले तुरुन्तै विक्कीलाई धक्का दिए र त्यसपछि बिग बोसको अगाडि गए र भने कि विक्की जैन र अंकिता लोखण्डे, दुबै पति र पत्नीले उनलाई धक्का दिएका छन्।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया