बिएल संवाददाता
मनिषा कोइराला ९० को दशककी चर्चित अभिनेत्री हुन्।
मनिषा कोइराला र शाहरुख खान सन् १९९८ मा रिलिज भएको फिल्म 'दिल से'मा स्क्रिन सेयर गरेका थिए।
यो जोडीलाई जनताले धेरै माया दिएका थिए। तर मणिरत्नमको यो फिल्मपछि मनिषा कोइराला र शाहरुख खानको जोडी कुनै फिल्ममा देखिएन। एक अन्तर्वार्तामा मनिषा कोइरालालाई यस्तै प्रश्न सोध्दा अभिनेत्रीले यसबारे खुलेर बोलेकी थिइन्।
के भनिन् मनिषा कोइराला ?
मनिषा कोइरालाले अन्तर्वार्ताका क्रममा आफू र शाहरुख खान किन सँगै काम नगरे भन्ने प्रश्नको जवाफ आफूसँग नभएको बताइन्।
अभिनेत्रीका अनुसार यो प्रश्न शाहरुख खानलाई सोध्नुपर्छ। मनिषा कोइरालाले बलिउड उद्योगमा नायकले कोसँग स्क्रिन सेयर गर्ने वा कुन हिरोइनसँग काम गर्ने भन्ने छनोट गर्ने, हिरोइनले नायक छनोट नगरेको बताइन्।
फिल्म दिल सेले त्यतिबेला बक्स अफिसमा खासै कमाइ गर्न सकेन तर आज यो फिल्मलाई आइकोनिक मानिन्छ।
मनिषा कोइरालाका अनुसार दिल से, बम्बई, खामोशी र हिरामण्डी उनका उत्कृष्ट प्रोजेक्ट हुन्।
हिरामण्डीमा धमाकेदार अभिनय
मनिषा कोइरालाले हिरामण्डीमा आफ्नो दमदार अभिनयले फेरि पनि मानिसको मन जितिन्। हीरामण्डी रिलिज भएपछि उनको चरित्रको सर्वत्र तारिफ भइरहेको थियो।
समीक्षकहरूले पनि अभिनेत्रीको अभिनय क्षमताको तारिफ गरेका छन्। मनिषा कोइरालाले ९० को दशकका जनताको मनमा मात्र नभएर यस युगका जनताको मनमा पनि आफ्नो विशेष स्थान बनाएकी छिन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया