बिएल संवाददाता
दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ले रिलिज डेट लिएको छ। तिहारको अवसर पारेर ‘मायावी’ कात्तिक १५ गते रिलिज हुने भएको छ।
निर्देशक भट्टराईले तिहारको बिदाको अवसर पारेर रिलिज डेट लिइएको जानकारी दिए। फिल्मको मुख्य भूमिकामा पल शाह र दीपिका प्रसाईं छन्। लभस्टोरी फिल्ममा आफूलाई प्रमाणित गरिसकेका भट्टराई मायावीलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ मान्छन्।
पल र दीपिकासँगै फिल्ममा सुशील सिटौला, समिम खान, करिष्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंलगायतको अभिनय छ। समिमले यही फिल्मबाट डेब्यु गर्दै छन्।
फिल्मका निर्माता राज कटुवाल,चन्द्र पन्त र ध्रुव प्रसाद न्यौपाने हुन्। प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा राजु पराजुली, रमा प्रसाईं र सुमित ओली छन्।
क्रिएटिभ सिने आट्र्सको प्रस्तुतिमा निर्माण भएको ‘मायावी’मा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत रचना छ। निर्देशक भट्टराई स्वयंको लेखन रहेको फिल्मको कथा पोखराको परिवेशमा तयार पारिएको छ।
यसैगरी सोही दिन लक्ष्मीपूजामा प्रदीप खड्का स्टारर अर्को फिल्म ‘एक्टर’ पनि रिलिज हुँदै छ। नाम चलेका दुई कलाकारको फिल्म एकै मितिमा आउने निश्चित भएपछि दशैंजस्तै तिहारको बक्स अफिस भिडन्त पनि रोचक हुने देखिएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया