बिएल संवाददाता
नेपाली फिचर फिल्म ‘एक्लो’को टिम यतिबेला अपर मुस्ताङमा छ।
साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका लागि निर्माण पक्षले अपर मुस्ताङमा करिब ४० लाखको सेट तयार गरेर छाँयाङ्कन सुरु गरेको छ।
छायाङ्कनरत चलचित्रमा सेट निर्माणको काम भइरहेका छ। भने, चलचित्रका निर्देशक प्रदीप साही, छाँयाकार बाबु श्रेष्ठ, हलिउड कलाकार जेमी बेकमलगायतको व्यस्ततालाई देखाइएको छ। कलाकार जेमी बेकम बेलायतको निर्माण साझेदारको रूपमा समेत जोडिएका हुन्।
करिब एक हप्ताअघि काठमाडौंको भद्रकालीमा चलचित्रको शुभमुहूर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य छायाङ्कन गरेर निर्माण टिम मुस्ताङ प्रस्थान गरेको थियो।
चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी (क्षितिज)का अनुसार मुस्ताङमा ३० देखि ३५ दिनसम्म छाँयाङ्कन गरिनेछ। हाल अपर मुस्ताङको लोमान्थाङमा छाँयाङ्कन भइरहेको चलचित्रलाई, छुसेल, छुसाङ, कागवेनी, जोमसोमलगायतका स्थानमा पनि छाँयाङ्कन गरिनेछ।
मुस्ताङको छाँयाङ्कन पश्चात भने निर्माण टिमले १५ दिनको समय तालिका मिलाएर काठमाडौंमा छाँयाङ्कन गर्नेछ। यो चलचित्रमा स्टारकास्टहरूको लाइन नै लागेको छ। जसमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ र बालकलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहलगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहनेछ।
चलचित्र एक्लोका निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज रहेका छन्।
बाबु श्रेष्ठको छाँयाङ्कन रहने यस चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा प्रेम खड्का रहेका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया