बिएल संवाददाता
बलिउड अभिनेत्री मलाइका अरोराले एक दिनअघि मात्रै पितालाई गुमाइन्। त्यतिबेला अभिनेत्री मुम्बईबाट बाहिर थिइन्।
अभिनेत्रीका बुवा अनिल अराेराले छैठौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन्। यो खबर आगोझैं फैलियो र सर्वत्र चर्चा भयो कि मलाइकाका बुबा अनिल मेहताले किन यस्तो गरे?
मुम्बई प्रहरीको अपराध शाखा र फोरेन्सिक टोली घटनास्थलमा पुगेर घटनाको अनुसन्धान सुरु गरेको छ।
यो घटनाका बेला मलाइका अरोरा सहर बाहिर थिइन्, यो कुरा थाहा पाउने बित्तिकै उनी आफ्नो सबै काम छोडेर घटनास्थल पुगिन्। यस अवधिमा उनको परिवार, नजिकका साथीहरू र अर्जुन कपूर अभिनेत्रीको लागि समर्थन भए।
मलाइका अरोरा राति अबेरसम्म आफ्ना पिता अनिलको घरमा थिइन्। प्रहरी कारबाहीकाबीच उनी आफ्नी बहिनी अमृता अरोरा र आमा जोयससँग देखिएकी थिइन्।
प्रहरीले सबैको बयान लियो। अनिल मेहताले आत्महत्या गर्नुअघि आफ्ना दुवै छोरीलाई फोन गरेको खुलासा भएको छ। यति मात्र होइन अनिलले अहिले आफू थाकेको पनि बताएका थिए।
अनिललाई कुनै रोग नभएकाे र घुँडा दुख्ने समस्या मात्र भएकाे उनले बताए।
पिताकाे निधनपछि मलाइका अरोरा र अमृता अरोरा दुवै एकदमै स्तब्ध र निराश देखिए। दुबैको अनुहारमा बुवाको विदाईको पीडा प्रष्ट देखिन्थ्यो।
दुबै जना उदास अनुहार लिएर गाडीमा गए। यस क्रममा करिना कपूर, सैफ अली खान, करिश्मा कपूर, टेरेन्स लुइस, मलाइकाका छोरा अरहान र अमृताका पति शकील लडाक दुवैसँग देखिएका थिए। यसबाहेक अर्जुन कपूर पनि त्यहाँ थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया