बिएल संवाददाता
असोज १७ गते घटस्थापनाबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’का निर्माताले फिल्मको प्रचार गर्न प्रतियोगिताको घोषणा गरेका छन्।
फिल्मको थिमअनुसार बेहुली हुँदाको अनुभव लेखेर पठाउँदा आकर्षक पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ।
फिल्मकी प्रमुख अभिनेत्री तथा निर्मात्री स्वस्तिमा खड्काले बेहुली हुँदाको अनुभव रोचक शैलीमा लेखेर पठाउनेमध्ये उत्कृष्ट लेखकलाई प्रिमियरमा निमन्त्रणा, दुईवटा टिकट र आकर्षक पुरस्कार प्रदान गरिने जानकारी गराएकी छन्। उनका अनुसार असोज १० गतेदेखि कथा पठाउन सकिनेछ।
फिल्ममा स्वस्तिमासहित निश्चल बस्नेत, बसुन्धरा भुषाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, सिरु बिष्ट, आमिर गौतम, रक्षा थापा लगायतको पनि अभिनय छ।
यसमा सजन काफ्ले र आकाश बरालको संयुक्त लेखन तथा निर्देशन छ। स्वस्तिमा र निश्चल दम्पतीको निर्माणमा बनेको फिल्मको कार्यकारी निर्माताहरुमा फिरोज खड्का र शंकर पाण्डे छन्।
फिल्ममा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको नृत्य निर्देशन, जयन जे वाइवा र कुशल पोखरेलको संगीत तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया