बिएल संवाददाता
अभिनेता नाजिर हुसेनको शीर्ष भूमिका रहेको फिल्म ‘गुन्यो चोलो’ को रिलिज स्थगित भएको छ।
नाजिरको ट्रान्सवुमनको भूमिका रहेको यस फिल्म आगामी कात्तिक ९ गतेको प्रदर्शन मिति स्थगित भएको निर्देशक समुन्द्र भट्टले जनाएकी छन्। उनले नयाँ प्रदर्शन मिति पछि घोषणा गरिने बताएकी छन्।
उनले भनेकी छन्, 'हाम्रो चलचित्र गुन्यो चोलो (दि ड्रेस ) जुन,कार्तिकको ९ गते रिलिज हुने भनी घोषणा गरिएको थियो केही विशेष तयारी गर्ने योजना भएको कारणले केहि समयका लागि स्थगित भएको जानकारी गराउन चाहन्छौँ, एउटा ठुलो खुसीको खबरका साथ नयाँ रिलिज डेट संगै हामी फेरि पनि आउने छौँ। हामीलाई तपाईंहरूले दिनुभएको माया र साथप्रति निकै नै आभारी छौँ। त्यसको लागि तपाईंहरुलाई धेरै धेरै धन्यवाद। हामी अझै केही विशेष र भव्य लिएर आउने बाचा गर्दछौँ।'
यस फिल्ममा नाजिरसहित सञ्चिता लुईंटेल, विशाल पहारी, सुशील सिटौला, अनुपम श्रेष्ठ, निशा बजगाईं आदिको अभिनय छ। फिल्ममा निर्देशक भट्ट र अभिनेता हुसेनको पटकथा एवं संवाद लेखन रहेको छ।
यो फिल्ममा आकाश बुढाथोकी र भि. भन्से जानुबोन निर्माता तथा जेफ्री जे वेन र स्टिभ जोन्स्टन कार्यकारी निर्मातामा छन्। फिल्मका छाँयाकार भने अलोक शुक्ला हुन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया