
बिएल संवाददाता
यादवकुमार भट्टराईको निर्देशनमा बनेको चलचित्र ‘झिल्को’ को पहिलो पोस्टर सार्वजनिक भएकाे छ। शुक्रबार पोस्टर सार्वजनिक भएकाे चलचित्र पुष ५ गतेदेखि प्रदर्शन हुनेछ।
पोस्टरमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल देखिएका छन्।
चलचित्रमा कार्यकारी निर्माता उमेश पौडेल, निर्माता सुशिला आचार्य र रामगोपाल थापा रहेका छन् भने निर्माण सहयोग जनता प्रशारण तथा प्रकाशन प्रा.लि.रहेको छ।
सती प्रथाको कथामा झोला फिल्म निर्माण गरेका भट्टराईले झोलापछि दाइजो विरोधी चलचित्र भोर सार्वजनिक गरेका थिए। झिल्कोको पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरुणदेव जोशी र देवव्रतले तयार पारेका हुन्।
फिल्ममा दीपक बज्राचार्यको छायांकन, सम्पादन निमेश श्रेष्ठ, गीत आनन्द अधिकारी, संगीत चण्डी प्रसाद काफ्ले, दिपक शर्मा, गायन शिव परियार, निशा देशार, मुख्य सहायक निर्देशन आकाश उखेडा, निर्माण नियन्त्रक दिलिप पन्त, सहायक निर्देशन अनिश बुढाथोकी, सह सम्पादन नारायण गैरे, मुख्य सहायक छायांकन विवेक लामाको रहेको छ।
गत चैत ८ गतेदेखि शुटिङ सुरु भई करिब एक महिनामा छायांकन सकिएको फिल्म अहिले पोस्ट प्रोडक्सनको क्रममा रहेको आयोजकले जनाएकाे छ।
मोबाइल दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार तथा समाजलाई पार्ने प्रभावबारे चलचित्र बनेको संकेत पोस्टरले गरेको छ।
भक्तपुर, काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा छायांकन गरिएको झिल्कोमा सामाजिक पारिवारिक विषयवस्तुको कथा रहेको निर्माण टिमकाे दाबी छ।
निर्देशक भट्टराईले सामाजिक विषयवस्तुमा तयार गरिएको यो फिल्मलाई दर्शकले साथ दिने आशा व्यक्त गरेका छन्।
‘आजको दिनमा सबैभन्दा ठूलो कुलत मोबाइल ग्याजेट हुन्, जसको कुलतमा फसेर एउटा परिवारले कति संघर्ष गर्नुपर्छ भन्ने सामाजिक व्यवसायिक चलचित्र बनाउने प्रयास हामीले गरेका छौँ’, उनले भने, ‘प्रविधि हाम्रो युगको सबैभन्दा महानतम् आविष्कार हो। तर यो आगोजस्तै हो। प्रयोग गर्न जाने चुल्हो बल्छ, नजाने डढेलो जसरी सल्किएर सबै तहसनहस पार्नसक्छ।’
सामाजिक विषयमाथिको यथार्थ फिल्म निर्माण गर्नु आफैँमा अत्यन्त चुनौतीपुर्ण कार्य भएको र यसमा आर्थिकदेखि विभिन्न कठिनाइहरू सामना गर्नुपर्ने भए पनि सामाजिक उत्तरदायित्वको रुपमा यो चलचित्र निर्माण गरेको निर्देशक भट्टराईले बताए।
झिल्कोको नेपाल वितरण डिसिएन नेपालले गरिरहेको छ भने अमेरिका र क्यानाडा इपिक इन्टरटेन्मेन्टले वितरण गर्ने सम्झौता भएको कार्यकरी निर्माता उमेश पौडेल बताए। साथै युरोप, अष्ट्रेलिया र मिडिल इष्टमा वितरण अधिकार विक्रिको लागि कुरा भइरहेको उनले बताए।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया