बिएल संवाददाता
नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएकाे छ।
निर्माण टिमले बिहीबार बिग मुभिज कमलपोखरीमा विशेष कार्यक्रमकाबीच सार्वजनिक गरेको हो।
ट्रेलर सार्वजनिक गर्दै निर्देशक सरोज पौडेलले सामान्य बुबाले सन्तानको सपना बोकेर हिँड्दाहिँड्दै फुटेका पैतालामुनि च्यापिएको एउटा व्यथामा आधारित रहेर चलचित्र बनेको बताए।
‘एउटा सामान्य बुबाले जसले सन्तानको सपना बोकेर हिँड्दाहिँड्दै फुटेका पैतालामुनि च्यापिएको एउटा व्यथामा आधारित कथा हो। बुवा आमाले हाम्रो जिन्दगीमा योगदान धेरै पुर्याएका हुन्छन्। हाम्रो समाज, संस्कृतिसँग जोडिएका कुराहरु यस चलचित्रमा प्रस्तुत गरेका छौँ’, उनले भने।
पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा प्रकाश सपुतसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्मका निर्माता विनोद पौडेल र प्रतीक सुवेदी हुन्। फिल्मलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दैछ। सोसल–ड्रामा जनरा निर्माण भएको फिल्मले गन्धर्व परिवारको कथामा आधारित रहेको छ।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया