बिएल संवाददाता
नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएकाे छ।
निर्माण टिमले बिहीबार बिग मुभिज कमलपोखरीमा विशेष कार्यक्रमकाबीच सार्वजनिक गरेको हो।
ट्रेलर सार्वजनिक गर्दै निर्देशक सरोज पौडेलले सामान्य बुबाले सन्तानको सपना बोकेर हिँड्दाहिँड्दै फुटेका पैतालामुनि च्यापिएको एउटा व्यथामा आधारित रहेर चलचित्र बनेको बताए।
‘एउटा सामान्य बुबाले जसले सन्तानको सपना बोकेर हिँड्दाहिँड्दै फुटेका पैतालामुनि च्यापिएको एउटा व्यथामा आधारित कथा हो। बुवा आमाले हाम्रो जिन्दगीमा योगदान धेरै पुर्याएका हुन्छन्। हाम्रो समाज, संस्कृतिसँग जोडिएका कुराहरु यस चलचित्रमा प्रस्तुत गरेका छौँ’, उनले भने।
पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा प्रकाश सपुतसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्मका निर्माता विनोद पौडेल र प्रतीक सुवेदी हुन्। फिल्मलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दैछ। सोसल–ड्रामा जनरा निर्माण भएको फिल्मले गन्धर्व परिवारको कथामा आधारित रहेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया