बिएल संवाददाता
भर्जिनियाको मनाससमा यही डिसेम्बर २२ तारिखका दिन आयोजना गरिएको कृष्ण कँडेल दोहोरी साँझ हाउसफुल मात्रै हैन, धेरै दर्शक कार्यक्रम स्थलमा आएर पनि टिकट नपाएर फर्किनुपरेको थियो।
कार्यक्रममा बोल्दै कृष्ण कँडेलले भने बैकुण्ठ हुन्छ भने बैकुण्ठमा बसेको अनुभूति भर्जिनियाको कार्यक्रमले गरायो।
दोहोरी साँझमा लोक गायक रामप्रसाद खनाल, लोक गायक प्रेमराजा महत समेतले अतिथिगायकका रुपमा गीत गाएर दर्शकलाई मनोरन्जन दिएका थिए।
गायिका निशा सुनार र कृष्ण कँडेलको दोहोरी घम्साघम्सीमा दर्शकले भरिएको हल लोक गीतमय भएको थियो। ५ बजे हल खोलिएको र कार्यक्रम ६ बजे सुरु हुने भनिएको भएपनि कार्यक्रम ३५ मिनेट ढिलो सुरु भएको थियो।
नयाँ पुस्तालाई लोक संस्कृतिको जानकारी दिने तथा बुढापाकाहरूको लोक गीत सुन्न र कृष्ण कँडेल भेट्ने साइत आयोजक निर्देश अधिकारी, सरोज केसी, गणेश पाण्डे तथा मिलन गोर्खालीले जुराएका हुन्।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया