बिएल संवाददाता
नेपाली म्युजिक भिडियो इतिहासमा सम्भवत सबैभन्दा ठुलो लगानीमा भिडियो छायांकन गरिएको छ। दशैंअघि थाइल्याण्डमा छायांकन गरिएको म्युजिक भिडियो ‘मालती’मा लगानी ६० लाख बढी रहेको निर्देशक सञ्जय न्यौपानेले बताए।
भिडियोको शीर्ष भूमिकामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र विशाल खरेलले अभिनय गरेका छन्। अभिनेता खरेलको जन्मदिनको अवसरमा यो गीतको फर्स्टलुक शोरुप स्टील फोटोहरु सार्वजनिक गरिएका छन्। गीतको एक साताभन्दा बढी समय लगाएर छायांकन गरिएको हो।
गीतमा थाइल्याण्डका मंहगा मोडलहरुलाई कोरसको रुपमा प्रयोग गरिएको छ। सार्वजनिक तस्विरमा साम्राज्ञी आर्कषक लुक्समा प्रस्तुत छिन्। साथै, अभिनेता खरेलसँग रोमान्टिक अवतारमा समेत प्रस्तुत भएको तस्वीरमा देख्न सकिन्छ। नेपाली सिनेमाका निर्माता न्यौपाने नेपाली म्युजिक भिडियोलाई अन्तरर्राष्ट्रिय बजारमा चिनाउने दाबी गर्छन्।
गीतमा सुरज विक्रम थापा (बुलेट फ्लो)र डिवी यो म्याजेस्टीको शब्द तथा संगीत अनि ममता गुरुङ र बुलेट फ्लो र डिवी यो म्याजेस्टीको स्वर रहेको छ। सौरभ लामाले खिचेको म्युजिक भिडियोलाई कमल खतिवडा र निर्देशक न्यौपानेले निर्माण गरेका हुन्।
लोकेन्द्र सुब्बाको सम्पादन रहेको म्युजिक भिडियोका प्रोडक्सन म्यानेजर थाइल्याण्डमा ओस्कार डिपिपी हुन्।
.jpg)
.jpg)
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया