बिएल संवाददाता
चाैतर्फी चर्चामा रहेकाे चलचित्र ‘पूर्णबहादुरकाे सारङ्गी’काे शाे’हरु बढाइएकाेमा हलहरुलाई निर्माण कम्पनी सेभेन सिज सिनेमाले धन्यवाद दिएकाे छ। कम्पनीले साेमबार प्रेस विज्ञप्ति जारी गर्दै हलहरुलाई धन्यवाद दिएकाे हाे।
सुरुवाती चरणमा कम शाे उपलब्ध गराएका हलहरुले अहिले शाे संख्या बढाएकाे र दर्शककाे पनि ओइराे लाग्न थालेकाे कम्पनीले जनाएकाे छ।
‘सुरुवाती चरणमा कम शाेज् प्राप्त हुँदा हाम्राे तर्फबाट केही गुनासाे थियाे, जसमा चलचित्र प्रदर्शनमा रहेका सिनेमा घरहरुले दर्शकहरुकाे मागअनुसार थप शाेहरु उपलब्ध नगराइदिँदा हामीलाई मार्का परेकाे थियाे। तर, पहिछाेल्लाे समय दर्शकहरुकाे माग र हामीले अनुराेध अनुरुप सिनेमा घरहरुले थप शाे उपलब्ध गराएपछि हामी अत्यन्त खुसी छाैँ’, विज्ञप्तिमा उल्लेख छ। कम्पनीले यस कदमप्रति देशभरिका सम्पूर्ण हलहरुलाई धन्यावद दिएकाे छ।
यसबाट नेपाली चलचित्र क्षेत्रलाई थप ऊर्जा मिलेकाे कम्पनीले जनाएकाे छ।
त्यस्तै निर्माण टाेलीले अपार मायाकाे लागि दर्शकप्रति आभार प्रकट गरेकाे छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया