बिएल संवाददाता
बालकृष्ण सापकोटाको सांगीतिक कोशेली ‘चपुर घुम्न जाउँ’ बाेलकाे गीतको भिडियाे सार्वजनिक भएको छ।
आम जनता पार्टी (आजपा)का स्थायी कमिटी सदस्यसमेत रहेका गीतकार सापकोटाले आफ्नो गृहनगर चन्द्रपुरको ऐतिहासिक महत्व दर्शाएर गीत लेखेका हुन्।
चन्द्रपुरको प्रचारप्रसारको लागि लेखिएको गीतमा अहिलेका चर्चित गायक रविराज शाह र गायिका मेलिना राईको स्वर रहेको छ। गीतको भिडियाेको छायाँकनमा चन्द्रपुरका ऐतिहासिक सांस्कृति, धार्मिक तथा पर्यटकीय ठाउँ समावेश गरिएको छ।
भिडियाेको कन्सेप्ट पनि स्वयम् गीतकार सापकोटाको हो। भिडियाेको निर्देशन भने देवेन्द्र कुशवाहको हो भने गीतको कम्पोज गायक शाहको हो। यो भिडियो गीत रविराज शाह अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
मधेस प्रदेशको रौतहट जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चन्द्रपुरको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले उक्त गीत निर्माण गरिएको गीतकार सापकोटाले जनाएका छन्। गीतकार सापकोटाको चपुर घुम्न जाउँ पहिलो गीत हो।
गीतकार सापकोटाको सुन्दर शब्द, चर्चित गायक शाह र राईको सुमधुर स्वर तथा कुशवाहाको सानदार भिडियो सम्पादनमा तयार भएको यो गीतलाई अहिले युट्युब च्यानलमा छोटो समयमै भाइरल भएको छ।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया