बिएल संवाददाता
रोमान्टिक शैलीको नयाँ गीत जाऊ हिँड पोखरा सार्वजनिक भएको छ। गीतले पोखराको अनुपम प्राकृतिक सुन्दरताको वर्णन गर्दै प्रेम र जीवनशैलीलाई समेटेको छ।
यस गीतमा गायक मुकुन्द त्रिपाठी र अस्मिता अधिकारीले स्वर दिएका छन्। शब्द, संगीत, र निर्देशन मुकुन्द त्रिपाठीकै रहेको यो सिर्जना नेपाली सांगीतिक बजारमा एउटा रोचक प्रस्तुति हो। एरेन्जर राजु सुनाम र मिक्सिङ बिनोद परियारले यो गीतलाई प्राविधिक हिसाबले उत्कृष्ट बनाएका छन्।
भिडियोमा गायक मुकुन्द त्रिपाठीसँगै सरिता दनकुटी र अनुभव त्रिपाठीको अभिनय रहेको छ। सिनेमाटोग्राफी सुबास सुबेदीले गरेका छन् भने सम्पादन र कलरिङ सुबास अम्गाईले गरेका छन्। भिडियोमा युमी बलामीको कोरियोग्राफी रहेको छ।
दुर्गा न्यौपाने त्रिपाठीद्वारा प्रस्तुत यो गीत मुकुन्द त्रिपाठीको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक गरिएको हो। गीतले सांगीतिक प्रेमीहरूको मन जित्ने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।
भिडियाे
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया