बिएल संवाददाता
बलिउड अभिनेता कार्तिक आर्यन चर्चित कलाकारकाे लिस्टमा पर्छन्।
हालै उनको फिल्म भुल भुलैया–३ रिलिज भएको थियो, जुन बक्स अफिसमा हिट भयो। यो फिल्मको सफलतापछि फ्यानमा कार्तिक आर्यनको लोकप्रियता झनै बढेको छ।
तर, यसका बाबजुद पनि कार्तिक आर्यनले बलिउडमा खासै समर्थन पाइरहेका छैनन्। यसको खुलासा कार्तिक आर्यनले नै गरेका छन्।
कार्तिक आर्यनले आफूले बलिउडमा खासै समर्थन नपाएको गुनासाे गरेका छन्।
कार्तिक आर्यनले बलिउडको माहोलबारे खुलेर कुरा गरेका छन्। यस अवसरमा कार्तिकले धेरै ठूला खुलासा पनि गरेका छन्।
कार्तिक आर्यनले भुल भुलैया–३ को सफलतापछि पनि उनलाई उद्योगमा खासै साथ नदिएको बताउँछन्।
आर्यनले भनेका छन्, ‘केही मानिसहरू म फेल भएको चाहन्छन् तर त्यसो हुन्न। मलाई हरेक पाइलामा साथ दिने फ्यान र दर्शकको मन जित्न पाए हुन्छ।'
कार्तिक आर्यनको फिल्म भूल भुलैया–३ ले बक्स अफिसमा राम्रो कलेक्सन गरेको छ। रिपोर्टका अनुसार यो फिल्म ३०० करोड क्लबमा सामेल हुने लिस्टमा परेको छ।
अहिले कार्तिक आफ्नो आगामी फिल्ममा केन्द्रित छन्। कार्तिक आर्यनले अनुराग बसुसँग हात मिलाएका छन्।
उनी अनुरागको रोमान्टिक फिल्ममा देखिनेछन्। यसबाहेक आशिकी–३ का लागि कार्तिक आर्यनको ना अगाडि छ।
यद्यपी दुबै फिल्मको औपचारिक घोषणा भने भइसकेको छैन। यस्तो अवस्थामा फ्यानहरू कार्तिकको अर्को फिल्मको घोषणाको पर्खाइमा छन्।
कम्युनिष्ट गिरोह की माफिया मण्डली
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया