बिएल संवाददाता
कलाकार बुद्धी तामाङले ‘कुस्ती’ फिल्म बनाउने घोषणा गरेका छन्। तमु ल्होसारको अवसर पारेर उनले फिल्म बनाउने घाेषणा गरेका हुन्।
अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने फिल्मको सार्वजनिक पोस्टरमा धीरज मगर र मिरुना मगर फिचर्ड छन्। यसपटक पोस्टरमा लाइट ग्रीन र लाइट पिङककोे प्रयोग गरिएको छ।
पोस्टरमा धीरज मगरले लाइट पिङ्क ड्रेस लगाएका छन् भने मिरुना मगरले लाइट ग्रीन ड्रेसमा देखिएका छन्। धीरजको स्वभाव लाइट पिङ्क जस्तै छ। उ जेन्टल छ, केयरिङ छ, रोमान्टिक छ र सफ्ट छ।
यस्तै, मिरुना लाइट ग्रीन कलर झैँ प्रगतिशील सम्बन्ध जोड्ने, हरेक कुरामा पर्फेक्ट खोज्ने स्वभावकी छिन्। फिल्ममा धीरज र मिरुनासँगै बुद्धी तामाङको पनि अभिनय रहने छ।
अनुषा सिनेमावुड पिक्चर्स प्रालीको व्यानरमा बन्ने फिल्म ‘कुस्ती’ मा सम्बन्धमा रहेको एक जोडीको प्रेम कथा देखाइने निर्देशक योञ्जनले बताए।
नले भने,‘उनीहरु एक अर्कालाई धेरै माया गर्छन् तर आ–आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाईकको सामना गरिरहेका छन्। दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहनेछ।’
कलाकार बुद्धी तामाङले कथावस्तु र टिमका कारण आफू निर्माणमा आएको बताए। उनले भने,‘म यसै क्षेत्रमा छु। यसपटक कथावस्तु मन पर्नुका साथै टिम अनुभवी रहेकाले निर्माताको रुपमा अगाडि आएको छु । यसपटक सबैको साथ र सहयोगले यो यात्रा सफल हुनेमा विश्वस्त छु। हामी फिल्मको विषयमा अन्य जानकारी र टिमको परिचय विस्तारै दिनेछौँ।’
उनले छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथा हो ‘कुस्ती’ रहेको बताए। काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्ने फिल्म आउँदो वर्ष विसं २०८२ को भाद्रमा प्रदर्शन हुनेछ। पोस्टरमा उमङग शाहीको फोटोग्राफी र राकेश दाहालको पोस्टर डिजाइन रहेको छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया