बिएल संवाददाता
संजय न्यौपानेको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘हारे हारे’ सार्वजनिक गरिएको छ।
बुधबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको म्युजिक भिडियोमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र विशाल खरेल फिचर्ड छन्।
यही टिमले यसअघि नेपालकै सार्वाधिक मंहगो दाबी गरिएको म्युजिक भिडियो ‘मालती’ निर्माण गरेको थियो। बुधबार सार्वजनिक गरिएको नयाँ म्युजिक भिडियो ‘हारे हारे’मा साम्राज्ञी र विशाल रोमान्टिक अवतारमा प्रस्तुत छन्।
यो भिडियो पनि थाइल्याण्डका रमणीय स्थानमा खिचिएको हो।
एलए स्टुडियो इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको म्युजिक भिडियोमा नेपाल आइडल सिजन २ बाट चर्चामा आएका सुमित पाठक र ममता गुरुङको स्वर सुन्न सकिन्छ।
गीतको शब्ल रचना, कम्पोज र एरेञ्ज गायक पाठक स्वंयमले गरेका हुन्। सौरभ लामाको डिओपी रहेको म्युजिक भिडियोलाई निर्देशक न्यौपाने र कमल खतिवडाले निर्माण गरेका हुन्।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया