बिएल संवाददाता
नेपाली सुगम संगीतको क्षेत्रमा चर्चा कमाइरहेकी गायिका बविना भट्टराईको नयाँ गीत ‘भेट्नु र छुटिनु’ सार्वजनिक भएको छ।
गीतकार सरला श्रेष्ठको शब्द र निर्मल दियालीको संगीतमा तयार भएको यो गीत सामाजिक सञ्जालमा एकैसाथ सार्वजनिक गरिएको हो।
‘मेचीदेखि महाकालीसम्म’ कार्यक्रमको प्रस्तुति र इमेज एफ.एम. ९७.९ को सहयोगमा सार्वजनिक भएको यो गीतको एरेन्ज बुद्ध स्याङ्वाले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ प्रकाश मिश्रको रहेको छ। गीतको रेकर्डिङ अकष्टिक नेपाल स्टुडियो, नक्सालमा राजा बाबु थारु र दिल समर्पणले गरेका छन्।
गीतको भिडियोमा गायिका बविना भट्टराईलाई गीतको भावमा डुबेको देख्न सकिन्छ। भिडियोलाई ए.जे.अजुले निर्देशन गरेका छन् भने सम्पादन र कलर अनिल विष्ट प्युठानीले गरेका छन्। गीतको भिडियोमा रिया श्रेष्ठको नृत्यले विशेष आकर्षण थपेको छ, जसले भिडियोलाई अझ जीवन्त बनाएको छ।
गीतको भाव सन्देश दिँदै जीवनका विविध मोडको अनुभव प्रस्तुत गरेको छ, जहाँ भेट्नु र छुट्नु नै जीवनको हिस्सा हो। गीतलाई धेरै व्यक्तिहरूको जीवनसँग मेल खाने गरी तयार गरिएको छ।
यो गीतका माध्यमबाट बविना भट्टराई नेपाली गीति क्षेत्रको एक उज्जवल भविष्यका प्रतीकको रूपमा प्रस्तुत भएकी छन्, जसले संगीत र भावनासँगको अनौठो सन्तुलन देखाएकी छन्।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया