बिएल संवाददाता
सिनेमा ‘तेल भिसा’ले प्रदशर्नको ५१औँ दिन मनाएको छ। मंसिर ७ गतेबाट प्रदर्शनमा आएको सिनेमाले आज प्रदर्शनको ५१औँ दिन मनाएको हो।
१२ वटा सिनेमा हलमा ‘तेल भिसा’ले ५१औँ दिन मनाएको वितरक करण श्रेष्ठले जानकारी दिए।
सिनेमाले प्रदर्शनको ५१औँ दिन मनाउँदै गर्दा सिनेमाकी प्रस्तुतकर्ता ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेले विभिन्न बाधा अड्चन छिचोल्दै यहाँसम्म पुग्दै गर्दा साथ दिने सम्पूर्ण दर्शक तथा शुभचिन्तकहरुप्रति आभार प्रकट गर्दै खुशी व्यक्त गरेका छन्।
दर्शक तथा समीक्षकबाट समेत राम्रो प्रतिक्रिया पाएको सिनेमा ‘तेल भिसा’ले क्यूएफएक्स, एफक्यूब, रञ्जना सिनेप्लेक्स, बीएसआर मुभिज, वान सिनेमाज, डीम्याक्स सिनेमाज, फ्रेन्डस सिनेमाज, सिने रोयललगायत मल्टिप्लेक्समा ५१ औँ दिन मनाएको हो।
दक्षिण भारतीय सिनेमा पुष्पा २ का कारण न्युन शोमा खुम्चिएको सिनेमाले दर्शकको साथ पाएपछि पाचौँ हप्तामा पनि ‘तेल भिसा’को शो थपिएको थियो। ‘तेल भिसा’को निर्देशक शंकर घिमिरे हुन् भने प्रस्तुतकर्ता ऋचा घिमिरे हुन्।
सिनेमामा अभिनेता विपिन कार्की बाबु र छोराको गरी दोहोरो भूमिकामा छन्। निर्देशक घिमिरेको नै लेखन रहेको सिनेमामा विपिनसँगै वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ।
प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ।

नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया