बिएल संवाददाता
बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार भएको छ। आफ्नो घरमा आक्रमणमा परेका सैफको लीलावती अस्पतालमा उपचार भइरहेको छ।
उनको शल्यक्रिया भएको पनि जनाइएको छ। खासमा, सैफको बान्द्रास्थित घरमा चोर पसेका थिए। त्यहीक्रममा उनीहरूबीच झडप भयो। र, चोरले उनीमाथि आक्रमण गरिदिए।
त्यतिबेला चोरको आक्रमणबाट घाइते भएका सैफलाई सम्हाल्न भने श्रीमती करिना कपूर घरमा थिइनन्। उनी लण्डनमा थिइन्।
इन्स्टाग्राममा उनले राखेको तस्बिरअनुसार उनी गएराति सोनम कपूर र रिया कपूरको साथमा पार्टी गरिरहेकी थिइन्। उनीहरूसँगै करिनाकी दिदी करिश्मा कपूर पनि थिइन्।
श्रीमान सैफ अस्पतालमा भर्ना भइरहँदा यतिबेला करिश्माले सामाजिक सञ्जालमा राखेको तस्बिर भनेर भाइरल भइरहेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया