बिएल संवाददाता
बलिउड अभिनेता सैफ अली खानले बुधबार उनको घरमा घिरेका अन्जान व्यक्तिसँग सामना गर्नुपरेको थियो। त्यहीक्रममा उनीमाथि ६ ठाउँमा चोट लाग्यो।
त्यसपछि उनलाई गम्भीर अवस्थामा लीलावती अस्पताल लगिएको थियो। सैफलाई घाइते बनाउने उनै व्यक्तिको भिडियो तस्बिर सार्वजनिक गरिएको थियो–सीसीटिभीबाट।
अहिले सैफ र करिनाको घरमा काम गर्ने महिलाले मुम्बई प्रहरीको अगाडि चौकाउने खुलासा गरेकी छन्। उनको अनुसार एक अन्जान व्यक्ति उनीहरूको घर छिरे अनि पैसाको माग गर्न थाले। र, उनी र अभिनेतालाई आक्रमण गरिदिए।
प्रहरीलाई दिएको बयानअनुसार ती व्यक्तिले एक करोडको माग गरेका थिए। सैफको घरमा छिरेका ती व्यक्तिलाई सोधिएको थियो कि उनी के चाहन्छन्, त्यहीबेला ती व्यक्तिले आफूलाई एक करोड चाहिएको बताएका थिए।
घरमा काम गर्ने महिलाका अनुसार अचानक उनले बाथरुममा एक छाया देखिएकी थिइन्। उनलाई लागेको थियो करिना होलिन्। तर जब उनलाई केही शंका भयो। उनी त्यही छायाको अगाडि बढ्न थालिन्। र, त्यहीबेला ३५–४० वर्षका अन्जान व्यक्तिले उनीमाथि आक्रमण गरिदिए।
त्यहीबेला अर्की काम गर्ने महिला पनि आइन्। र, ती व्यक्तिसँग सोधिन् के चाहिन्छ र भनेर? उनले जवाफमा एक करोड रुपैयाँ मागे। त्यहीबेला सैफ अली खान पुगे। त्यसपछि उनीहरूबचि झडप भयो।
र, ती व्यक्तिले उनको शरीरमा धारिलो हतियारले घोचिदियो। उनको गम्भीर अवस्था देखेपछि उनीहरूले सारा र इब्राहिमलाई बोलाए। र, उनीहरूले सैफलाई अटोबाट अस्पताल लगे।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया