बिएल संवाददाता
‘माया जाग्यो’ गीतको म्युजिक भिडियो निर्माण गरिएको छ। नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष तथा गीतकार बिपुल पोख्रेलले रचना गरेको गीत ‘माया जाग्यो’ को म्युजिक भिडियो निर्माण गरिएको हो।
करिब दुई दशकअघि रेडर्क भएको गीतको म्युजिक भिडियो निर्माण गरिएको हो। पोख्रेलले लेखेको गीतमा स्वर तथा संगीत माधव अनुरागी ‘चौधरी’को रहेको छ।
सामाजिक परिवेश र माया प्रेममा आधारित गीतको म्युजिक भिडियोमा सुदन थापा, खुसी केसी, बिपुल पोख्रेल, पिताम्वर रिजाल, बिरु चौधरी, भुवन थापालगायतले अभिनय गरेका छन्।
घोराहीका विभिन्न ठाउँमा छायाँङ्कन गरिएको गीतको म्युजिक भिडियो गीतकार पोख्रेलको आफ्नै युटुव च्यानल ‘बिपुल पोख्रेल’ बाट सार्वजनिक गरिएको छ। म्युजिक भिडियो सार्वजनिक भएपछि गीतले सामाजिक सञ्जाल फेसबुक र युट्युवमा सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।
झण्डै तीन दशकदेखि पत्रकारितामा संलग्न पत्रकार एवं गीतकार पोख्रेलका आधा दर्जन बढी गीतहरु रेकर्ड भइसकेका छन्। पोख्रेलको केही महिनाअघि ‘बोल, मन खोल’ गीत सार्वजनिक भएको थियो। पत्रकार देवेन्द्र बस्नेतको स्वर रहेको उक्त गीतमा दाङ निवासी बरिष्ठ संगीतकार सन्तोष श्रेष्ठले संगीत संयोजनको काम गरेका थिए।
बिरु चौधरीले छायाँकन गरेको भिडियोको कथा तथा निर्देशन अमृतमान वलीले गरेका छन्। एओन क्रियसन प्रालीले सम्पादन गरेको म्युजिक भिडियोमा कलरको काम लक्ष्मण डाँगीले गरेका छन्।
भिडियो–
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया