बिएल संवाददाता
बलिउडमा मित्रता र शत्रुताको कथा धेरै सुनिन्छ। बलिउडमा मित्रताका धेरै सुन्दर कथाहरू छन्। यीमध्ये एउटा कथा करण जोहर र काजोलको हो।
अहिले काजोल र करण बलिउडका सबैभन्दा मिल्ने साथीहरू हुन्। करणले आफ्नो फिल्म मेकिङको करिअर ‘कुछ कुछ होता है’बाट गरेका थिए। यसमा काजोल र शाहरुख खानले सँगै काम गरेका थिए।
भलै, काजोल र करण अहिले मिल्ने साथीहरू हुन्। तर कुनैबेला काजोलले करणको मजाक बनाएर रूवाएकी थिइन्।
काजोल र करणको पहिलो भेट राम्रो थिएन। जब उनीहरू पहिलो पटक भेटेका थिए, त्यो समय करण मात्र १६ वर्षका थिए। त्योबेला काजोलले यस्तो रियाक्स दिएकी थिइन् कि उनी लजाएर रुँदै बाहिर निस्किएका थिए।
उनीहरू पहिलोपटक एक पार्टीमा भेटेका थिए। काजोल आफ्नो आमा तनुजासँग पार्टीमा गएकी थिइन्। त्यही आमा तनुजाले उनको भेट करणसँग गराइदिएकी थिइन्। र, एकअर्कोसँग डान्स गर्न लगाइन्।
जब काजोल करणसँग डान्स गर्न थालिन्। उनी जोड–जोडले हाँसन थालिन्। काजोल हाँसेको देखेर करणले डान्स गर्न बन्द गरिदिए। तरपनि काजोलको हाँसो रोकिएन। खासमा, काजोललाई करणको कपडा लगाउने तरिका देखेर हाँसो लागेको थियो।
त्यतिबेला सानै उमेरमा थिए करण। तर उनी ठुलो मान्छेजसतो सूट–बुट पहिरिने गर्थे। उनको पहिरन देखेर हाँसेकी काजोलको सिकायत उनले तनुजासँग गरेका थिए। र, उनी छोरी काजोल ठिक छैन भनेका थिए।
त्यसपछि उनी रुँदै पाटी छोडेर घर गएका थिए। त्यो घटनाको खुलासा काजोल स्वयंमले गरेकी हुन्। ‘मैले करणको अगाडि नै भनिदिएकी थिएँ कि उनी त्यो लुगामा फन्नी देखिएका छन्’, काजोले भनिन्।
भलै, पहिलो भेट उनीहरूको राम्रो थिएन। तर अहिले उनीहरू मिल्ने साथीहरू हुन्।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया