बिएल संवाददाता
व्यवसायिक सफलताको कीर्तिमान कायम राख्न सफल नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ को सिक्वेल निर्माणको घोषणा भएको छ।
आइतबार काठमाडौंमा व्यवसायिक सफलताको खुशीयाली साटासाटसँगै निर्माता सरोज पौडेलले ‘पूर्ण बहादुरको सारङ्गी’ को सिक्वेल निर्माण गर्ने घोषणा गरेका हुन्। यो फिल्म आगामी वर्ष प्रदर्शन हुने घोषणा समेत गरिएको छ।
त्यसो त निर्माता पौडेलले २०८३ मा प्रदर्शन हुने गरि बाल मनोविज्ञानमा आधारित आफ्नो तेस्रो फिल्म फिल्म ‘रोल नम्बर-१’ को पनि आइतबार नै घोषणा गरेका छन्।
एक करोड ३० लाखमा निर्माण भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्स अफिसबाट मात्रै करिब ५० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको थियो। यसको सफलतापछि निर्माता पौडेलले यसको सिक्वेल बनाउने भएका हुन्।
कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्माता पौडेलले यो चलचित्र पूर्णबहादुरको सारङ्गी मात्र नभएर सिनेमा क्षेत्रलाई नै उठाइदिने माध्यक बनेको बताए। इतिहासमा नै नेपाली चलचित्रलाई यति धेरै माया गरेको पहिलो पटक भएको भन्दै उनले खुसी व्यक्त गरे।
उनले भने,‘पूर्ण बहादुरको सारङ्गी मात्र नभएर सिनेमा क्षेत्रलाई नै तपाईंहरूले उठाइदिनु भएको छ। सय करोडको रनवेमा छोड्दिनुभएको छ। यो तपाईहरू कै मायाले हो। हामीलाई आएको जानकारी अनुसार नेपाली इतिहासमा यत्तिको धेरै माया दिएर यहाँसम्म पुर्याएको पहिलो रेकडै नै हो।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया