बिएल संवाददाता
कुनै समय बलिउडकी चर्चित अभिनेत्री ममता कुलकर्णी यतिबेला फेरी चर्चामा छिन्।
ममताले भर्खरै महाकुम्भमा किन्नर अखाडाबाट दीक्षा लिएर महामंडलेश्वर बनिन्। यो उपाधिसँगै उनले नयाँ नाम पनि पाएकी छन्।
किन्नर अखाडाले उनको नाम श्री यमाई ममता नन्दगिरी राखेको छ। सन्यास लिएर धर्मको बाटो हिँडेकी ममता कहिले फिल्मी दुनियाँमा फर्कने? यो प्रश्न हरेक प्रशंसकको मनमा छ। अब ममता आफैंले यसको जवाफ दिएकी छिन्।
ममता कुलर्णीले सञ्चारकर्मीसँग कुरा गर्दै फिल्ममा फर्किनेबारे धारणा राखेकी थिइन्।
उनले भनिन्, ‘फिल्ममा काम गर्ने सोच पनि छैन। यो मेरो लागि बिल्कुल असम्भव छ।'
यस क्रममा उनले फिल्म उद्योगमा आफ्नो यात्राबारे भनिन्, ‘जीवनमा सबै कुरा चाहिन्छ, जसमा मनोरञ्जन पनि हुन्छ। तपाईंले आफ्नो आवश्यकता पहिचान गर्नुपर्छ।
तर अध्यात्म यस्तो चीज हो जुन भाग्यले मात्र प्राप्त गर्न सकिन्छ। सिद्धार्थले आफ्नो जीवनमा सबै कुरा देखे र त्यसपछि परिवर्तन गर्ने निर्णय गरे।'
सन्यासमा ममताले के भनिन् ?
सन्यास लिएपछि ममताले भनिन्, ‘यो महादेव र महाकालीको आदेश थियो। यो मेरो गुरुको आदेश थियो। उनले यो दिन रोजेका थिए।'
केही दिनअघि मात्रै ममताले महाकुम्भमा संगममा डुबकी लिएर सन्यास लिएर महामंडलेश्वर बनिन्।
यी फिल्ममा ममता देखिएकी थिइन्
ममता कुलकर्णी ९० को दशकमा चर्चित अभिनेत्री थिइन्। त्यो अवधिमा उनले सलमान खान र शाहरुख खानसँग करण अर्जुनमा काम गरिन्।
यस बाहेक उनले वक्त हमारा है, क्रातिवीर, आन्दोलन, बाजी र छुपा रुस्तम जस्ता धेरै चलचित्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छिन्। उनी पछिल्लो पटक फिल्म ‘कभी तुम कभी हम’ मा देखिएकी थिइन्।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया