बिएल संवाददाता
बलिउडकी अभिनेत्री रवीना टण्डनकी छोरी राशा थडानीले ‘आजाद’बाट डेब्यू गरिन्। उनको फिल्मले खासै राम्रै चर्चा पाएन। तर उनको अभिनयको खूबै चर्चा चल्यो।
हालै उनले एक पोस्टमा बताएकी थिइन् कि उनी आफ्नो गल्तीहरूलाई सुधार्ने कोसिस गरिरहेकी छन्।
र, अगामी फिल्ममा झनै धेरै मेहनत गर्नेछिन्। र, साथै उनले आफूलाई सहयोग गरेका सबैलाई धन्यवाद पनि दिएकी थिइन्।
खासमा, राशा फिल्म डेब्यूअघि नै सामाजिक सञ्जालमा भाइरल छिन्। उनको पूरा नाम पनि ‘राशाविशाखा’ हो।
उनी रविनाको पहिलो बायोलोजिकल छोरी हुन्। उनीभन्दा दुई ठ्ला दिदीहरू पनि छन्। जसलाई रवीनाले काख लिएका हुन्।
जबदेखि राशा बुझ्ुन थालिन्, तबदेखि उनले आफूलाई हिरोइन भएको देख्न थालेकी थिइन्। त्यहीकारण उनले आफ्नो पढाइ सक्काउनसाथ फिल्म डेब्यूमा लागिन्। र, उनले पनि स्टार किड्सहरू पढेकै स्कूलमा पढिन्।
सुहाना खान, शनाया कपूर र अनन्या पाण्डजस्तै उनले पनि आफ्नो पढाइ मुम्बईको धीरुभाइ अम्बानी स्कूलबाट पूरा गरिन्। पढाइका साथै फोटोग्राफीमा पनि उनको चासो छ।
तर सबैभन्दा उनको चाहना भने फिल्म क्षेत्रमा आफ्नो करिअर बनाउनु छ। अब उनी आगमी फिल्ममा राम्रो अभिनय गर्ने तयारीमा छिन्।


नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया