बिएल संवाददाता
आठ वर्षीया बालिका आकृति पाण्डेद्वारा लिखित बालकथा संग्रह ‘द स्प्राउटिङ स्टोरीज्’को लोकार्पण भएको छ।
शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पुस्तक विमोचन गरेका हुन्।
संस्कार पब्लिकेसनद्वारा प्रकाशित यस बालकथा संग्रहमा अंग्रेजी भाषामा लेखिएका ११ वटा बालकथाहरू समेटिएका छन्। लेखिका पाण्डे कक्षा तीनमा अध्ययनरत छिन्।
पुस्तक लोकार्पण गर्दै मन्त्री पाण्डेले यति कलिलो उमेरमै कथा लेखनमा सक्रिय आकृतिको प्रतिभा प्रशंसनीय रहेको बताउँदै उनको सृजनात्मक क्षमताको प्रशंसा गरे।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा धनेश्वर नेपालले आकृति पाण्डे एक विशिष्ट प्रतिभा भएको बताए। उननले बालबालिकाहरूलाई सही मार्गदर्शन प्रदान गर्न अभिभावक, विद्यालय र समाजको महत्त्वपूर्ण भूमिका हुने बताए।
त्यस्तै लेखक लेखक शङ्करकुमार प्रधानले आकृतिको बालकथा संग्रहमा करुणा, मित्रता, धैर्यता, एकता तथा अरूलाई चित्त नदुखाउने जस्ता सन्देश प्रवाहित गर्ने कथाहरू समेटिएका बताए।
लेखिकाका पिता अमिन पाण्डेले छोरीको सृजनात्मक क्षमताले आफू गौरवान्वित भएको बताए। उनले छोरीको सानै उमेरदेखि पढ्ने, लेख्ने र चिन्तन गर्ने स्वभावले भविष्यमा अझ उत्कृष्ट कृतिहरू जन्माउने आशा व्यक्त गरे।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया