बिएल संवाददाता
बलिउडकी डान्सर नोरा फतेही कनाडाकी हुन्। तर फिल्मको लागि जूनुन र ग्लामरको दुनियाँमा नाम कमाउनका लागि नोरा मुम्बई छिरिन्।
मुम्बईमा उनले धेरै मेहनत गरिन्। र, उनले नृत्यको दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाइन्। उनको नृत्यलाई मनपराउनेहरू अहिले करोडौं जना छन्।
डान्सका साथै नोरा सोसल मिडियामा पनि धेरै एक्टिभ छिन्। र, चर्चित पनि छिन्। इन्स्ट्रामा ४७ मिलियनभन्दा पनि धेरै मानिसले नोरालाई पछ्याएका छन्।
४५ फिल्ममा नोराको ‘स्टाइल’
नृत्यको कारण चर्चामा छाएकी नोराको लुक्स पनि आकर्षण छ। उनले ४५ वटाभन्दा धेरै प्रोजेक्टमा काम पनि गरिसकेकी छन्।
फिल्मका साथै उनले म्युजिक भिडियोमा पनि काम गरेकी छन्। नोराले २०१४ सालमा आफ्नो फिल्म ‘फगली’ बाट सुरुआत गरेकी थिइन्।
भलै, फिल्मले ‘बक्स–अफिस’मा त्यतिधेरै धमाका मचाउन सकेन। त्यहीपनि नोराले हार मानिनन्। उनले निरन्तर बलिवउडमा काम गर्दै गइन्।
उनको त्यही सालमा ‘रोरः टाइगर अफ सुन्दरबन’ फिल्ममा पनि काम गरिन्। त्यो फिल्म पनि फ्लप भयो। त्यसपछि उनी टेम्पर र मिस्टर एक्स जस्ता फिल्ममा देखिइन्।
बहुबलीबाट चम्कियो किस्मत
नोरा फतेहीको बलिउडमा पहिचान मिलेको फिल्म थियो बहुबली। त्यो फिल्ममा नोराले ‘आइटम डान्स’ गरेकी थिइन्। जसे तहल्का पिट्यो। त्यही गीतबाट पहिचान पाएकी उनले बलिउडमा काम पाउँदै गइन्।
बहुबलीपछि उनी सलमान खानको फिल्म ‘किक’ मा पनि देखिएकी थिइन्। त्यो फिल्ममा उनको भूमिका भलै, कम थियो। तर दर्शकको मनमा उनले ठाउँ पाइन्।
त्यसपछि उनले आफूलाई आइट डान्सर बनाइन्। र, आफ्नो डान्सले दर्शकको मन–मस्तिष्कमा ठाउँ बनाइन्। उनली बिग बोसमा पनि सहभागी भएकी थिइन्।

नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया