बिएल संवाददाता
सन् २०१६ सालमा रिलिज भएको थियो, ‘सनम तेरी कसम’। तर अहिले त्यही फिल्म फेरि सिनेमा हलमा रिलिज भएको छ। ९ वर्षपछि रिलिज भएको फिल्मले अहिले धमका मचाइरहेको छ।
भलै, फिल्म २०१६ चल्न सकेन। तर अहिले भने दर्शकले फिल्मलाई रुचाइरहेका छन्। फिल्म रिलिज भएको दुई दिनमा मात्रै ९ करोड कमाएको छ।
यो रोमान्टिक फिल्मलाई ७ जनवरीमा रिलिज गरिएको थियो। फिल्मकी अभिनेत्री मावरा होकेन पनि चकित छिन्।
फिल्म रिलिज भएपछि अभिनेत्री पनि खुसी छिन्। उनले आफ्नो इन्स्ट्रामा फोटो सेयर गरेकी छिन्। जहाँ सिनेमा हलमा ‘सनम तेरी कसम’ हेर्नेहरूको भीड छ।
यो देखेर पाकिस्तानमा बसेकी नयाँ दुलही मावरा खुसी छन्। उनले इन्स्ट्राबाट आफ्नो खुसी सेयर गरेकी थिइन्।
अभिनेत्री फोटो सेयर गरेर लेखेकी छन्, ‘यसले अच्चमित बनाएको छ। मैले सुनिरहेकी छु कि हामीले केही रिकर्ड ब्रेक गरेका छौं। हरेक ठाउँमा हाउस फुल छ। तपाईंहरू सबैजनालाई धेरै–धेरै धन्यवाद।’
खासमा, मावरा पाकिस्तानकी परिचित अभिनेत्री हुन्। र, बलिउडमा उनी सनम तेरी कसमबाट चिनेकी थिइन्। त्यो उनको पहिलो बलिउड फिल्म थियो।
फिल्ममा उनले गरेको अभिनयलाई खूबै रुचाएको थियो। त्यहीकारण पनि उनी पाकिस्तानमा मात्र होइन बलिउडमा पनि उत्तिकै सक्रिय छिन्। तर हालै, उनले आफ्नो प्रेमी अमीर गिलानीसँग् विवाह गरेकी छिन्।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया