बिएल संवाददाता
सन् २०१६ सालमा रिलिज भएको थियो, ‘सनम तेरी कसम’। तर अहिले त्यही फिल्म फेरि सिनेमा हलमा रिलिज भएको छ। ९ वर्षपछि रिलिज भएको फिल्मले अहिले धमका मचाइरहेको छ।
भलै, फिल्म २०१६ चल्न सकेन। तर अहिले भने दर्शकले फिल्मलाई रुचाइरहेका छन्। फिल्म रिलिज भएको दुई दिनमा मात्रै ९ करोड कमाएको छ।
यो रोमान्टिक फिल्मलाई ७ जनवरीमा रिलिज गरिएको थियो। फिल्मकी अभिनेत्री मावरा होकेन पनि चकित छिन्।
फिल्म रिलिज भएपछि अभिनेत्री पनि खुसी छिन्। उनले आफ्नो इन्स्ट्रामा फोटो सेयर गरेकी छिन्। जहाँ सिनेमा हलमा ‘सनम तेरी कसम’ हेर्नेहरूको भीड छ।
यो देखेर पाकिस्तानमा बसेकी नयाँ दुलही मावरा खुसी छन्। उनले इन्स्ट्राबाट आफ्नो खुसी सेयर गरेकी थिइन्।
अभिनेत्री फोटो सेयर गरेर लेखेकी छन्, ‘यसले अच्चमित बनाएको छ। मैले सुनिरहेकी छु कि हामीले केही रिकर्ड ब्रेक गरेका छौं। हरेक ठाउँमा हाउस फुल छ। तपाईंहरू सबैजनालाई धेरै–धेरै धन्यवाद।’
खासमा, मावरा पाकिस्तानकी परिचित अभिनेत्री हुन्। र, बलिउडमा उनी सनम तेरी कसमबाट चिनेकी थिइन्। त्यो उनको पहिलो बलिउड फिल्म थियो।
फिल्ममा उनले गरेको अभिनयलाई खूबै रुचाएको थियो। त्यहीकारण पनि उनी पाकिस्तानमा मात्र होइन बलिउडमा पनि उत्तिकै सक्रिय छिन्। तर हालै, उनले आफ्नो प्रेमी अमीर गिलानीसँग् विवाह गरेकी छिन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया